म्याग्दीमा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन, एमालेलाई झड्का

1424
views

नवदृष्टि संवाददाता
म्याग्दी, १४, बैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई–दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल सहित सात बुदे सहमती गरेका हुन् । काँग्रेसले बेनी नगरपालीका र अन्नपूर्ण गाउँपालीकाको प्रमुख तथा अध्यक्ष तथा माओवादी केन्द्रले मंगला र धौलागिरी गाउँपालीकाको अध्यक्ष पद लिने सहमती गरेका हुन् । दुई दलले प्रमुख पद पाएको ठाउँमा उपप्रमुख पद एक अर्कालाई छोड्ने सम्झौता गरेका छन् । दलद्धारा गठीत वार्ता टोलीले गरेको सहमतीको बारेमा जानकारी गराउन मंगलबार साँझ आयोजित पत्रकार भेटघाटमा नेपाली काँग्रेसका पुर्व सभापति तथा सांसद रेशमबहादुर बानियाले राप्रपालाई समेत सहमतीमा ल्याउन पहल भैरहेको बताउनुभयो ।
उहाँका अनुसार तालमेलको क्रममा प्रमुख पदमा महिलाको उमेद्वारी दर्ता भए दोस्रोमा पुरुष र पुरुष प्रमुख पदमा उमेद्वार भए दोस्रो पदमा महिला उमेद्वार बनाउनेसम्मको सहमती भएको छ ।
दुवै दलले उमेदवार चयन गरीसकेको मालीका गाउँपालीकामा तालमेलको विषयमा उमेद्वारका आकाक्षीहरुसंग संयुक्त छलफल गर्ने र तालमेल नभए स्वच्छ प्रतिस्पर्धा गर्ने सहमती गरेका छन् । ४५ वटा वडामा तालमेल गर्ने अधिकार स्थानीय तह र वडा कमिटिलाई दिएको नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेलले बताउनुभयो । स्थानीय तहको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक र राजनीतिक एकताको वातावरण बनाउन चुनावी तालमेल गरेको काँग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् । सहमतीको पूर्ण कार्यान्वयनमा प्रतिवद्धता जनाएका काँग्रेस माओवादीका नेताहरुले सहमती विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । तालमेल भएको ठाउँमा कार्यबिधी बनाएर संयुक्त रुपमा चुनाव प्रचार प्रसार अघि बढाउने सहमती भएको छ ।
काँग्रेसले बेनी नगरपालीकाको मेयरको उमेद्वारमा हरिकुमार श्रेष्ठ र अन्नपूर्णको अध्यक्षमा डमबहादुर पुनलाई उमेद्वार चयन गरेको छ । मंगला गाउँपालीकामा चन्द्रप्रसाद बुढाथोकी, धौलागिरीको प्रमुखमा खुमनाथ सुवेदी र रिमप्रकाश थापालाई उमेद्वार बनाउन सिफारीस गरेको माओवादी केन्द्रले बेनी नगरपालीकाको उपमेयरमा ज्योती लामीछाने र अन्नपूर्णमा लालमाया पुनलाई उपाध्यक्षको उमेद्वार चयन गरेको छ । काँग्रेसले मंगला र धौलागिरी गाउँपालीकाको उपाध्यक्षका उमेद्वार चयन गर्न बाँकी छ । वार्ताका लागि काँग्रेसले जिल्ला सभापति खम्बिर गर्बुजाको नेतृत्वमा सांसद बानिया, महासमिति सदस्य नेत्र महत, कोषाध्यक्ष टंक हमाल र सदस्य माधवप्रसाद रेग्मी सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
माओवादी केन्द्रले संयोजक पौडेलको नेतृत्वमा चन्द्रबहादुर घिमीरे, देवराज सुवेदी, शेरबहादुर केसी र कुलबिर राम्जाली सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । केन्द्र विवाद रहेको रघुगंगाको विषयमा कुनै पनि दलले उमेद्वार चयन प्रक्रिया अघि बढाउन सकेका छैनन् ।