संशोधन विधेयक राष्ट्रघाती भएको विपक्षी गठबन्धनको निर्णय

682
views

काठमाडौ, १४, बैशाख । एमाले नेतृत्वको ९ दलीय विपक्षी गठबन्धनको बैठकले सरकारले दर्ता गरेको मंसिर १४ मा दर्ता गरेको पछिल्लो विधेयक राष्ट्रघाती भएको भन्दै पारित हुन नदिने निर्णय गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले यस्तो निर्णय गरेको बैठकपछि विपक्षि गठबन्धनका नेताहरुले बताएका छन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पछिल्लो संसोधन विधेयकले मुलुकलाई विखण्डन गर्ने भएकाले असफल पार्न गठबन्धन लागि पर्ने बताए । उनले सरकारी विधेयक असफल पार्नुका साथै प्रतिपक्षले समेत त्यसमा अर्को संशोधन विधेयक दर्ता गराउने बताए ।
एमालेको नेतृत्वमा नौ दलिय गठबन्धन भएपनि बिहीबारको बैठकमा भने ६ दलका नेताहरुमात्रै सहभागि थिए । बैठकपछि मालेका महासचिव सीपी मैनालीले मधेसी मोर्चालाई मनाउने नामममा सरकारले राष्ट्रघाती सम्झौता गरेकाले विपक्षीले उनीहरुको षड्यन्त्र र योजना पुरा हुन नदिन गठबन्धन ए
कढिक्का रहेको बताए । त्यस्तै गठबन्धन बैठकले बैशाख ३१ गते ने देशभर चुनाव हुन सक्नेभएपनि सरकारले जेठ ३१ मा दोस्रो चराण्को चुनाव मिति तोकेर निर्वाचनबाट पछि हटेको ठहर गरेको छ ।
नेता नेम्वाङले सरकारले ११ जिल्लामा स्थानीय तह थप्ने परिपत्र फिर्ता लिएको विषयलाई गठबन्धनले सकारात्मक लिएको पनि बताए । बैठकमा बुधबारको सहमति अनुसार सत्तापक्ष अघि बढे निकास चाडै आउने निश्कर्ष समेत निकालेको छ । आजको बैठककमा एमाले, माले, नेमकिपा, परिवार दल, र दलित जनजाती पाटीृका नेताहरु सहभागि थिए ।