भारतीय अभिनेता विनोद खन्नाको निधन

1067
views

भारतीय अभिनेता विनोद खन्नाको निधन भएको छ । ७० वर्षीय खन्ना विगत केही समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए ।
केही समय अघिदेखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड रिसर्च सेन्टरमा उपचारार्थ भर्ती भएका उनी पछिल्लो समय निकै कमजोर अवस्थामा देखिएको थिए ।
बम्बइको रिलायन्स फाउन्डेसन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । खन्नालाई ३१ मार्चमा अस्पताल भर्ना गराइएको थियो । अस्पतालले उनको शरीरमा पानीको कमी भएको बताएको थियो ।
खन्नाका ‘मेरे अपने’, कुर्वानी, पूरब और पश्चिम, रेश्मा और शेरा, हेरा फेरी, मुकद्दरका सिकंदर जस्ता शानदार फिल्ममा चर्चामा थिए । खन्ना राजनीतिमा पनि सफल व्यक्ति हुन् । उनी पञ्जाबको गरदासपुरबाट बीजेपीका सांसद भएका थिए । खन्नाका दुई छोरा अक्षय खन्ना र राहुल खन्ना छन् जो बलिउडमा सक्रिय छन् ।