सत्ता छाड्ने तयारीमा माओवादी केन्द्र

719
views

काठमाण्डौ, १५, बैशाख । ओली सरकार ढाल्नका लागि सहमत प्रचण्ड र देउवाको सत्ता हस्तानान्तरणको विषयमा शंका उपशंका भइररहेकव बेला माओवादी केन्द्रले जेठको पहिलो साताभित्रमा सत्ता हस्तान्त्रण गर्ने तयारी गरेको छ । माओवादी केन्द्रका नेता बर्षमान पुनले बैशाख ३१ गते स्थानीय तहको चुनाव भए लगत्तै पूर्वसहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्त्रण गर्ने बताउनुभएको छ । यसअघि आफ्नो पार्टीको नेतृत्वको सरकार गठनका क्रममा भएको सहमति अनुसार देउवालाई सत्ता सुम्पिने बताउनुभएको हो । उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै जेठको पहिलोे हप्ताभित्र हस्तान्त्रण हुने र सत्ता गठबन्धन कायम रहने बताउनुभएको
हो । उहाँले जेठ पहिलो हप्तानै कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने र प्रदेश र केन्द्रको चुनाव सम्पन्न गराउने बताउनुभयो । वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति काँग्रेसकै समझदारीमा आएको हो । कांग्रेस र माओवादी केन्द्रबीच दाहाल प्रधानमन्त्री हुदा चैत मसान्तसम्म स्थानीय तहको चुनाव सम्पन्न गरी प्रधानमन्त्रीमा देउवालाई स्थानान्त्रण गर्ने लिखित सहमति भएको थियो । संविधान संसोधन प्रस्ताव पारित गराउन दुईतिहाई पुग्ने र स्थानिय तहको संख्या पनि थपिने बताउनुभयो ।