४७ दिन हिउँमा भेटिएका ताइवानी युवकले मनाए जन्मदिन

812
views

काठमाडौं, १५, बैशाख । हिउँमा बेपत्ता भई ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले ग्रान्डि अन्तराष्ट्रिय अस्पतालमा आफ्नो २२ औं जन्म दिन मनाउका छन् । ताइवानी युवक लियान सेङ यूले जन्मदिन मनाएका हुन् । शुक्रबार ति युवकले जन्मदिन मनाउँदै गर्दा पर्यटन राज्यमन्त्री परशुराम तामाङले अस्पतालमै पुगेर उनलाई जन्मदिनको शुभकामना दिएका थिए । बेपत्ता भएको ४७ दिनपछि भेटिएका उनले बेपत्ता हुँदाको अनुभव पनि उनले सञ्चारकर्मीहरलाई सुनाएका थिए ।
ताइवानी युवक लियान र लिउ चेन युन फागुन अन्तिम सा ता उत्तरी धादिङको रुप भ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर करिब २ सय मिटर तल खाल्डोमा खसेर अलपत्र परेको अवस्थामा बुधबार उद्धार टोलीले भेटेको थियो । खाल्डोमा खसेका लिउ चेन युनको भने शव मात्र फेला परेको थियो । ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तरी धादिङ पुगेका थिए ।