रुकुममा जिप दुर्घटना ः तीन जनाको मृत्यु

720
views

रुकुम, १५, बैशाख । रुकुमको आठबिस नगरपालिका १४ पिपलचौरमा भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । सोही नगरपालिकाको राडी बजारका लागि छुटेको ग १ ज २०६ नम्बरको जिप पिपलचौर ठूली भेरीमा खस्दा तीनको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा चौरजहारी नगरपालिका ८ का १ बर्षीय बालक सिजन बुढा र जाजरकोट सग्लाका २४ बर्षीय कुमबहादुर वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मन बहादुर रजालीले जानकारी दिनुभयो । बाँकी एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ११ जनाको उद्धार भएको छ ।