उत्तर कोरियाकाे ब्यालेस्टिक मिसाइलको परीक्षण

674
views


बैसाख,१६,बैशाख ।
– उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ । दक्षिण कोरियाको सेनाले योनहैप समाचार सेवालाई यो जानकारी दिएको छ । दक्षिण कोरियाको सेनाको भनाई छ कि, मिसाइल छाडेको केही बेरमा फाटेको छ । रोयर्टसले अमेरिकी सरकारको एक सूत्रलाई हवाला दिँदै परीक्षण असफल रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमा भनेका छन, उत्तर कोरियाको परक्षिण आफ्नो मुख्य सहयोगी चीनप्रति असम्मान दर्शाउँछ । दक्षिण कोरियाको सेनाका अनुसार मिसाइल राजधानी प्योङयाङको उत्तरस्थित प्योनगान प्रान्तमा स्थानीय समय अनुसार शनिवार विहानै लंच गरिएको थियो । मिसाइलका वारेमा अरु धेरै जानकारी प्राप्त भएको छैन । अहिलेसम्म उत्तर कोरियाले यस विषयमा केही भनेको छैन् । अमेरि
की विदेश मन्त्रीले विश्वका अन्य मुलुकसँग उत्तर कोरियामाथि उसको परमाणु कार्यक्रम रोक्न दवाव बनाउन आव्हान गरेको केही घण्टामा उत्तर कोरियाली मिसाइल परीक्षण गरेको हो । दक्षिण कोरिया र उत्तर कोरियामा ठूला ठूला सैन्य अभ्यासपछि कोरियाली प्रायदीपमा तनाव बढिरहेको छ । करिव एक साता पहिला उत्तर कोरियाले गरेको मिसाइल परीक्षण असफल भएको थियो । अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले मिसाइल लंच गरेको कही सेकेन्डमा फाटेको थियो । बुधवार अमेरिकाले दक्षिण कोरियामा बहुतै उन्नत मिसाइल रक्षा प्रणाली राखेको थियो । द टर्मिनल हाइ एल्टीच्यूट एरिया डिफेन्स प्रणालीले कम र मध्यम दुरीको ब्यालेस्टिक मिसाइललाई हावामा नष्ट गरिदिन्छ ।