गजुरेलको मुलबाटो–चुनाव उपयोग र भ्रष्टचारीको भण्डाफोर

2494
views

अमृत चापागाई
भरतपुर,१६, बैशाख । वैध निकट नेकपा (क्रान्तिकारी माओवादी) को पछिल्लो रणनीति चुनाव उपयोगको बनिरहेको बेला देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि देशैभर उम्मेदवारी सार्वजनिक गरेको छ । सो पार्टी निकटको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले भरतपुरमा आयोेजित उम्मेदवार घोषणा सभामा संसदिय पार्टीहरुको विरोध गरे । घोषणा सभालाई सम्बोधन गर्दै मोर्चाको उम्मेदवारी देशमा ब्याप्त भष्ट्रचारलाई जरैदेखि समाप्तीका लागि भएको उनले बताए । गजुरेलले देश भष्ट्र भइसकेकोे र दलदलमा फसेको बेला मोर्चाले देशैभर उम्मेदवारी दिने बताए । गजुरेलले भने ‘देशले स्वभिमान गुमाएको छ, तानाशाह तन्त्र अन्त्य भएको छैन, क्रान्ति हारेको स्थितिमा जनताका दैनिक समस्या जस्ताको त्यस्तै छन् उकुसमुकुसमा बाचिरहेका जनताले खोजेको देशभक्त योद्धाहरु मोर्चा मार्फत आएका छन् ।
देशभक्त गणतान्त्रिकहरुको मोर्चा वर्तमान संविधानलाई स्विकार गरेर नगएको भन्दै गजुरेलले भने जन बिरोधी एवं पश्चगगामी संविधानलाई फ्यालेर जनमुखी संविधान ल्याउनका लागि चुनावमा सहभागी भएको बताए । देशव्यापी बढ्दै गएको संख्यात्मक परिस्थितिको आँलन गर्दै गजुरेलले भने हामी कुनै पनि हालतमा चुनाव हार्दैनौ, जित्छौ । यसपालिको निर्वाचनले हामीलाई जनवादी क्रान्तिका लागि आधार निर्माणको जित नै जित हो । उनले राष्ट्रबिरोधी दलहरु क्षणिकको भएको भन्दै मोर्चाले काग्रेस, एमाले, माओवादी केन्द्र र राप्र्रपालाई देशद्रोहीको संज्ञा दिए ।
भरतपुर महानगरपालिकाको मेयरमा मुढभरी, उप–मेयरमा प्यासी
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शुक्रबार मोर्चाको तर्फबाट स्थिानिय निर्वाचनको लागि भरतपुर महानगरपालिकाको मेयरममा अम्बिका मुडभरी र उप मेयरमा बाबुराम
प्यासी परियारलाई उम्मेदवार उठाउने निर्र्णय गरेको छ ।
राप्ती नगरपालिका मेयरमा थापा, उपमेयरमा पनेरु
मोर्चाले राप्ती नगरपालिकाको मेयरमा कुमार थापा र उप मेयरमा गायत्री पनेरुलाई उम्मेदवार उठाउने निर्णय गरेको देजामाेले
जनाएको छ ।
खैरहनी नगरपालिकाको मेयरमा दर्जी
देशभक्त जनगणतान्त्रिक मोर्चाले खैरहनी नगरपालिकाको मेयरमा चुडामणी दर्जीलाई सर्वसहमति गरेको छ । मेयरका आँक्षीहरु धेरै भएपनि अन्तत सहमतिमा निर्णय गरेको हो ।
रत्ननगर नगरपालिकाका सिंखडा मेयर र कार्कीलाई उपमेयरमा सर्वसहमत
रत्तन नगरपालिकाको मेयर तथा वडाअध्यक्षमा उम्मेदवारका आकाँक्षीहरुको विवाद परिरहेको बेला मोर्चाको दुईदिनसम्म निरन्तर बसेको बैठकले अन्तत रत्ननगर नगरपालिकामा मेयर पदमा उत्तम सिंखडा र उप मेयरमा विन्दा कार्कीलाई सर्वसहमत गरेको छ ।
माडी नगरपालिकाको मेयरमा सुवेदी, उपमेयरमा पौडेल
मोर्चाले माडी नगरपालिकामा आफ्नो उम्मेदवार घोषणा गर्दै माडी नगरपालिकाको मेयरमा चन्द्र प्रसाद सुवेदी र उप मेयरमा सावित्रा पौडेललाई टिकट दिएको छ । सबै नगरपालिकाहरुमा वडा अध्यक्ष एवं वडा सदस्यहरुको सर्वसहमति सहित बाँकी उम्मेदवारहरुको १८ गतेसम्म निर्णय लिईने मोर्चाकी केन्दिय सदस्य अम्बिका मुडभरीले जानकारी दिएकी छन् ।