बाराका चार प्रहरी कर्मचारीहरु निलम्वन

987
views

नवदृष्टि संवाददाता
वीरगञ्ज, १६ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराले तस्करीसँग साँठगाँठ भएको आशंकामा चारजना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्र.ह.नथुनी साह, कानु, प्र.ज.रमेश कुमार झा, प्र.ज.प्रमोद कुमार कम्कर र प्र.ज.संजिव कुमार पासवानलाई निलम्बन गरेको बारा प्रहरी कार्यालयले जनाएको छ । गत ११ गतेको भएको अवैध जाईफल, गुट्खा बेच्ने तस्करसँग उनीहरुको साँठगाँठ रहेकोले उनीहरुलाई निलम्बन गरेको वाराका प्रहरी नायव उपरिक्षिक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
चार प्रहरी कर्मचारीले आफ्नो पदिय दायित्व जिम्मेवारी बहन नगरी स्थानिय तस्करीहरूसँग सम्पर्क एंब सम्बन्ध राखी प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गरिएको हो । निलम्वित चारजना अनुसन्धानमा रहेको रेग्मीले बताए । उनीहरुलाई निलम्वनसँगै कार्वाही प्रक्रिया अगाडी बढाईसकिएको जनाइएको छ । शुुक्रबार १० लाख मुलय बराबरको अबैध कपडामा संलग्न तस्करीलाई गिरफ्तार गर्न खोज्दा बारामा स्थानीय र प्रहरीकाबीच झडप समेत भएको थियो । उक्त झडपमा डिएसपी राजेन्द्रबाबु रेग्मी र प्रहरी जवान मोहर ठाकुर घाईते भएका थिए ।