वृद्धाआश्रमका लागि कतार समाजको सहयोग

1616
views

महेन्द्र जिसी
पर्वत, १७, वैशाख । पर्वत युवा सेवा समाज कतारले कुश्मा नगरपालिका–९ मा रहेको मोदीवेणी दिव्य धाममा वद्धा आश्रम निर्माणका लागि आर्थिक सहयोग गरेको छ । समाजले निर्माणाधिन तीनकोठे भवन सम्पन्नका लागि आर्थिक सहयोग गरेको हो ।
समाजका संस्थापक सदस्य एवं संगठन प्रमुख अजय विश्वकर्माले मोदीवेणी धाममा आश्रय लिएर बस्दै आएका जेष्ठ नागरिकहरुलाई भवन निर्माण गर्न नगद हस्तान्त्रण गर्नुभएको हो । समाजिक क्षेत्रमा काम गर्दै आएको समाजले दिव्यधामको माग अनुसार सहयोग गरेको जनाएको छ ।
पर्वत युवा सेवा समाज कतारले पचासहजार रुपैयाँ नगद सहयोग गरेको हो । मोदिवेणी धाम सञ्चालन समिति अध्यक्ष गोपाल दास वैरागीलाई आश्रय लिएर बस्दै आएका वृद्धाहरुको माग अनुसार निर्मित भवन सम्पन्नका लागि सो सहयोग हस्तान्तरण गरिएको थियो । 
समाजका पदाधिकारीहरुद्वारा संकलित नगद हस्तान्त्रण गर्दै विश्वकर्माले आँफुहरुले विदेशमा रहेर पनि नेपाली धर्म र धार्मिक संस्कारको जगाउ गर्ने उदेश्यले धार्मिक स्थलको संरक्षण संबर्धन गराउन सहयोग गरिएको बताए । उनले वृद्धाआश्रममा बस्ने वृद्धवृद्धा एवं जेष्ठ नागरिकहरुको सुरक्षित आवासको लागि रकम उपलब्ध गराइएको बताए । कार्यक्रममा दिव्यधाम सञ्चालन समितिका अध्यक्ष गोपाल दास वैरागीले आर्थिक अभावमा अधुरो रहेको भवन पुरा गर्न पर्वत युवा समाज कतारबाट प्राप्त आर्थिक रकमले भवन निर्माण सम्पन्न गर्न सहयोग पुगेको बताए ।