चुनावकाे बीचमा बजेट ल्याउन मिल्दैन आयोग

739
views

काठमाडौँ, १७ ,बैसाख । – निर्वाचन आयोगले निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा चुनावी आचारसंहिता विपरीत हुने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले सरकारलाई चुनावको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याउँदा निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले रोक्न भनेको हो । सरकारले वैशाख ३१ र जेठ ३१ मा गरी दुई चरणमा चुनाव गराउने निर्णय गरेको हाे। संविधानअनुसार जेठ १५ मा वार्षिक बजेट ल्याउनुपर्छ । चुनावको बीचमा बजेट ल्याउँदा आचारसंहिता विपरीत हुने भएकाले आयोगले त्यसो नगर्न सरकारलाई भनेको हो । ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचन हुने भएकाले त्यस बीचमा सरकारले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नु निर्वाचन आचारसंहिता अनुकूल हुँदैन’, आयोगको निर्णयमा उल्लेख छ, ‘यसले बजेटपछि हुने दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्छ ।’ निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा त्यसले निर्वाचनलाई प्रभाव पार्न सक्ने आयोगले बताएकाे छ ।