निर्वाचन आयोगको डाटा, देशभर झण्डै साढे एककरोड मतदाता

1379
views

नवदृष्टि संवाददाता
काठमाडौं । स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या एक करोड ४० लाख ५४ हजार चार सय ८२ रहेको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावलीको टुंगो लगाएको आयोगले बैठकले मतदाताको अन्तिम नामावली स्विकृत गरेको हो ।
कुल मतदातामा पुरुष ७० लाख ६९ हजार ७ सय १४, महिला ६९ लाख ८४ हजार ६ सय २५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १ सय ४३ रहेको आयोगले जनाएको छ ।
२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्ने छन ।
निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेलगत्तै भएसँगै फोटोसहितको परिचयपत्र छपाइ समेत आयोग परिसरमै शुरू भएको जनाएको छ ।
आयोगले मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी २०७४ बैशाख १० गतेभित्र देशका सबै जिल्लाहरुमा ढुवानी गरिसक्नु पर्नेछ ।