पर्वतमा धौलागिरी स्तरीय वृहत सु–समाचारीय चंगाई महोत्सव हुने

1548
views

नवदृष्टि संवाददाता
पर्वत, २३ चैत्र । पर्वत ख्रीष्टियन समुदायले धौलागिरी स्तरीय दुईदिने वृहत सु–समाचारीय चंगाई महोत्सव आयोजना गर्ने भएको छ । मानविय विचार भन्दा बाहिरको स्वास्थ्य उपचारलाई ईश्वरीय उपचार मान्दै आएको सो समुदायले बिहिवार र शुक्रबार गरी दुईदिने महोत्सवको आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अन्तराष्ट्रिय वक्ता रेत, चेत बहादुर खरेलले आफु नौ वर्ष वर्ष देखी २५ वर्ष सम्म रोग निको नभई बसेको अवस्थामा देशका हरेक अस्पतालमा उपचार गराउँदा पनि निको नभएको ख्रिष्टियनको महोत्सवमा गई प्राथनापछि निको भएको बताए ।
खरेलले आफुहरु धर्मको प्रचारका लागि मात्र नभई दीर्घ र जीवनको राम्रोको लागि ख्रिष्टियनको प्राथना नै उत्तम मानेर धौलागिरीमा नै वृहत सु–समाचारीय चंगाई महोत्सव गर्न लागेको जानकारी दिए ।
उक्त महोत्सवका धौलागिरीबाट दुईहजार देखी २५ सय दीर्घ रोगीहरु समावेश हुने अपेक्षा गरिएको बातए ।