नवदृष्टि संवाददाता
पर्वत, २३ चैत्र । नेपाली कांग्रेस कुश्मा नगर समिति पर्वतले कुस्मा नगरपालिकाको प्रमुखमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुख पदको लागि महाधिबेशन प्रतिनिधी सिता काफ्ले लामिछानेलाई उमेदवार सिफारिस गरेको छ । नेपाली काँग्रेसका प्रखर एवं जनताबीच चिनिदै आएका जोशीलाई उमेदवार सिफारिस गरेपछि क्रियाशिल अन्य पार्टीलाई समेत चुनौति खडा हुने देखिएको छ ।
आफुलाई जनताको लोकप्रिय ठान्दै आएका जोशीले उमेदवार पाएपछि कुश्मा नगरपालिकामा चुनावी सरगर्मी बढ्ने देखिएको छ । यस्तै महाधिबेशन प्रतिनिधी सिता काफ्ले लामिछानेको पनि उत्तिकै चर्चा हुँदै आएको थियो । नेपाली कांग्रेस कुश्मा नगर समितिबाट उनको नाम समेत सिफारिस भएपछि काँग्रेसमा चुनावी सरगर्मी बढेको हो ।
काँग्रेसमा चुनावी सरगर्मी बढेसँगै अन्तरविरोधहरु पनि देखापर्न थालेका छन् । नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति एवं काँग्रेस पर्वतका वरिष्ठ नेता नवराज गुरुङले वर्तमान निर्वाचन स्थानीय तहको निर्वाचन भएकोले सर्वसहमतिको नेतृत्व चयन भए दुवै क्षेत्रमा चुनाव जित्ने दाबी गरेका छन ।
गुरुङले नेपाली काँग्रेस भित्रको पुरानो रोग बल्झिए काँग्रेस पर्वतलाई दुर्भाग्य हुने र दुवै क्षेत्रमा पराजय व्योहोर्नुपर्ने नवदृष्टिलाई बताए ।रामचन्द्र ‘जोशी कुश्मा नगर समन्वय समितिको संयोजक रहेको समितिले एक्कासी उमेदवार सिफारिस हुँदा विवाद आउने संकेत देखापरेको छ । पार्टीमा थुप्रै आँकाक्षी देखिएकोले टुङ्गो लगाउने जिम्मा क्षेत्रियि समितिको रहेकोले काँग्रेसले चयन गर्ने नेतृत्व सर्वसहमतिको हुने पार्टी सभापति खिम प्रसाद भुसालले जानकारी दिएका छन ।
कांग्रेस नगर समितिबाट जोशी र लामिछानेलाई प्रमुख र उपप्रमुखमा सिफारिस
सर्वसहमतिको नेतृत्व नभए दुर्भाग्य हुने–गुरुङ