सालिजामा अस्पताल ल्याउने पहल गर्छु– जोशी

1657
views

निर्मल पौडेल, पर्वत
२४ चैत्र, २०७३ ।  सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जलजला गाउँपालिका–६ सालिजा हेल्थ सेन्टरका लागि एमविविएस डाक्टर सहितको अस्पतालको आवश्यकता भएको बताएका छन । जोशीले नेपाली काँग्रेसको संगठन सुदृढिकरण एवं कार्यकर्ता प्रशिक्षण अभियान अन्र्तगत सालिजामा भएको कार्यक्रमलाई संबोधन गर्दै डाक्टर र अस्पतालका लागि एक महिनाभित्र कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाएका हुन । उनले निर्वाचन आचार संहिताले नरोके एकहप्ताभित्र हेल्थ सेन्टरका लागि एमविविएस डाक्टर भित्र्याउने योजना रहेको जानकारी दिएका छन
सांसद जोशीले जलजला क्षेत्रको पर्यटकीय विकासका लागि विगतदेखि नै पहल गर्दै आएको र यस क्षेत्रलाई पर्यटकीय दृष्टिकोणले अगाडी बढाउने योजनामा लागेको समेत बताए । जोशीले विकासका लागि सबैले पहल गर्नुपर्ने भन्दै स्थानीय उत्पादनलाई जोड दिनुपर्ने र राज्यको लगानी स्थानीय उत्पादनको प्रर्वधन गर्न आफ्नो पहल रहेको बताए ।
सालिजावासीले हालै मात्र थालेको सफा सालिजा अभियानका लागि आधुनिक प्रकारका सामाग्रीहरु उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन ।
चुनावी अभियानमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गंगाधर पौडेल, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण), क्षेत्रीय उपसभापति टिकाराम सुवेदी, जलजला गाउँपालिकाका संयोजक चन्द्र बहादुर जिसी, सचिव कमल अधिकारी, उपसभापति ले मन्तव्य व्यक्त गरेका थिए ।