युएईमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

1424
views

काठमाण्डौ । युनाईटेड सेक्युरिटी ग्रुप कम्पनी अन्तर्गत अलऐनमा कार्यरत कञ्चनुपर दैजी २ बसन्तथलाका निराजन शाहीको बिहीबार राति काम सकेर फर्कंदै गर्दा कार दुर्घटनामा परेर मृत्यु भएको हो ।
कम्पनीकै सुपरभाइजर लगायत साथीहरुसँग बवादी मल नजिकै सारीकातमा रहेको कम्पनीको कोठामा फर्कर्ने क्रममा टायरमा खराबी आएर कार दुर्घटना भएको कम्पनीले जनाएको छ ।
दुर्घटनामा अरु देशका २ जना पनि घाइते भएका छन् । उनीहरुको अलऐनमा रहेको अलजिमी अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा ज्यान गुमाएका शाहीको बुवाआमा, एक दिदी र भाई छन् ।
शाहीको गृह जिल्ला र त्यस क्षेत्रबाट युएईमा आई संगठित भएको सुदूरपश्चिम सेवा समाजले कम्पनीको कार्यक्षेत्र, घटनास्थल र अस्पतालसम्म आफ्नो प्रतिनिधि पठाएर शव सकेसम्म छिटो नेपाल पठाउने तयारी थालेको समाजका अध्यक्ष चेतन थापाले जनाएका छन् ।