नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोन

2319
views

एजेन्सी । नोकियाको बहुप्रतिक्षित नोकिया नाइन स्मार्टफोनका विषयमा लामो समेयदेखि विभिन्न खाले अनुमानहरु गरिँदै आएका छन् । यद्यपि कम्पनीले यो नामबाट कुनै स्मार्टफोन ल्याउने बारेमा आधिकारिक रुपमा केही बताएको छैन । अहिले यो अनुमानित स्मार्टफोनका बारेमा अन्य केही जानकारीहरु पनि सार्वजनिक भएका छन् ।यदी यी खबर सत्य सावित भएमा नोकिया नाइन बजारमा उपलब्ध अहिलेसम्मका स्मार्टफोनमध्ये सबैभन्दा उत्कृष्ट स्मार्टफोनमध्ये एक हुने पक्का छ । रिपोर्ट अनुसार नोकिया नाइनमा स्नापड्रागन ८३५ प्रोसेसर रहनेछ । साथै उक्त स्मार्टफोनमा आइरिस स्क्यानर फिचरपनि रहने बताइएको छ । Nokia powr User को रिपोर्ट अनुसार उक्त स्मार्टफोन एन्ड्रोइड ७।१।२ नगटमा चल्नेछ । यसमा ५।५ इन्चको क्यूएचडी ओएलइडी डिस्प्ले रहनेछ, जसको रिजोलुसन १४४० गुणा २५६० पिक्सेल हुनेछ । यसमा स्नापड्रागन ८३५ प्रोसेर सँगै ६ जिबीको र्याम हुने बताइएको छ । नोकिया नाइनमा २२ मेगापिक्सेलको डुअल ब्याक क्यामरा हुने बताइएको छ, जसमा कार्ल जिसको लेन्स रहनेछ । फ्रन्ट क्यामरा नै १२ मेगापिक्सेलको हुनेछ ।
नोकिया नाइनमा ३८०० मिलिएम्पिएर आवरको ब्याट्री हुनेछ, जसले क्विक चार्ज टेक्नोलोजी सपोर्ट गर्नेछ ।
नोकिया नाइनमा आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सरका साथै हालै लञ्च भएको ओ जेड ओ अडियो टेक्नोलोजी पनि हुनसक्नेछ । नोकियाले हालै सार्व्ज्निक गरेको यो अडियो टेक्नोलोजीबाट थ्री डी अडियोको अनुभव गर्न सकिन्छ ।