महेन्द्र जिसी
पर्वत, चैत्र २५ । तीन महिना अघिदेखी विद्युत चोरी नियन्त्रणको अभियान थालेको नेपाल विद्युत वितरण केन्द्र पर्वत शाखाले पहिलो विद्युत सुरक्षा दिवस मनाएको छ ।
शाखाले देशव्यापी कार्यक्रम अनुसार पर्वतमा र्र्याली सहितको अन्र्तक्रिया गरेर दिवस मनाएको हो । दिवसका अवसरमा प्राधिकरणको कार्यालयबाट शुरु गरी बजार परिक्रमा गरेको थियो ।
जनचेतना मुलक नारा सहित प्राधिकरणले विद्युत चोरी गर्ने र गराउनेलाई समाजिक बहिष्कार गरौं भन्ने जनचेतना मुलक नारा सहित सहभागिहरुले बजार परिक्रमा गरेका हुन । जिल्लाका दुई दर्जन मानिसहरुलाई विद्युत चोरीमा कार्वाही गरीसकेको प्राधिकरणले साढे दुईलाखको हाराहारीमा जरीवाना संकलन गरेको जनाएको छ । सो कार्यक्रममा बोल्दै विद्युत वितरण केन्द्र शाखा पर्वतका प्रमुख विजयराज रेग्मीले विद्युत चोरी गर्नेहरुलाई सामाजिक बहिष्कार गर्न आग्रह समेत गरेका छन ।
सबै विद्युत चोरीमा संलग्नको नाम समेत सार्वजनिक गरेको कार्यालयले धेरैजसो समाजिक क्षेत्रमा काम गर्न सक्रियहरु नै विद्युत चोरीमा संलग्न हुने गरेका कारण त्य
स्ता मानिसहरुलाई व्यवहारीक रुपमा नै बहिष्कार गर्दै लैजान सकेमा विद्युत चोरी नियमन हुनुको साथै विद्युतीय जोखिममा कमी आउने जनाएको छ । दिवसका अवसरमा कार्यालय कर्मचारीहरुलाई विद्युतीय सुरक्षाको जानकारीको लागि अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो । केन्द्र प्रमुख रेग्मीले विद्युत चोरी ऐन कार्वाही तथा चोरी हुने स्थान र विद्युतीय क्षेत्रमा काम गर्दा हुने खतरा लगायतका विषयमा कर्मचारीहरुलाई प्रशिक्षण समेत गराएका छन ।
विद्युत चोरीमा संलग्नलाई सामाजिक बहिस्कार गर्न सरकारले नाराको तय गरेको भएपनि पर्वतमा आसन्न स्थानीय निकायका आकांक्षीहरु विद्युत चोरीको कार्वाहीमा परिसकेको केन्द्रले जनाएको हो ।