सामाजिक सञ्जाल फेसबुकको नयाँ योजना

1336
views


एजेन्सी ।
फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमति बिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ ।
यस प्रकारको पोस्टलाई रिभेन्स पोस्ट भनिन्छ । फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागु हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन । फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही गर्ने र आपत्तिजनक पोस्टमाथि रिपोर्ट टुलका माध्यमबाट आपत्ति जनाउन सकिनेछ ।
यसपछि कम्युनिटी अपरेशन टिमले उजुरीकर्तालाई तस्बिरमा देखाइएको छ या छैन भन्ने छानविन गर्नेछ । त्यसपछि फोटो त्यहाँबाट हटाएर जुन एकाउन्टबाट पोस्ट भएको छ, त्यसलाई ब्लक गरिदिनेछ ।
यसपछि बिना कुनै मानवीय मद्दत एक फोटो पहिचान गर्ने सफ्टवेयरले सुनिश्चित गर्ने छ कि तस्बिर दोस्रोपटक पोस्ट भयो या भएन भनेर । फेसबुक वैश्विक सुरक्षा प्रमुख एन्टिगन डेभिसले यो पहिलो कदम भएको र यसका लागि प्रविधिको विकासमा आफूहरु प्रयासरत रहेको बताएका छन् ।