नवदृष्टि संवाददाता
कैलाली, २८, चैत । धनगढी क्रिकेट लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर ब्याटिङ रोजेको शक्ति गौचन नेतृत्वको टोली रुपन्देहीले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो । उत्कृष्ट सुरुवात गरेको रुपन्देही इनिङको बीचमा केहि धर्मराएपनि पुच्छारका ब्याट्सम्यानहरुको उच्च प्रदर्शनले रुपन्देहीले सम्मानित स्कोर खडा ग¥यो ।
हरिशंकर शाह र शंकर रानाले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दा शाहले ३३ र रानाले १९ रन बनाए । तर मध्यक्रमका तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि कप्तान शक्ति गौतचन र प्रकाश केसीले इनिङ संहालेका थिए । केसीले २६ रनको योगदान दिए भने गौचनले १६ रन बनाए । बिक्रम शोव १५ रनमा अविजित रहे । रुपन्देहीले १४ अतिरिक्त रन पाएको थियो ।
बलिङतर्फ कञ्चनपुरका कुशल भुर्तेल एक्लैले ४ विकेट लिए भने अभिनाश कर्णले दुई तथा सुनील धमलाले १ विकेट झारे । १४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १३१ रनमात्र जोड्न सक्यो । उसले पनि सुरुवात उत्कृष्ट गरेको थियो । सागर पुन र सुनील धमलाले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए ।
दशौं ओभरको तेस्रो बलमा धमला २८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि कञ्चनपुरको विकेट पतन सुरु भयो । त्यसयता कुशल भुर्तेलले १३ बलमा २७ रन बनाउनुबाहेक कञ्चनपुरका अध्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । ओपनर सागरले ३९ रन बनाए भने अभिनाश कर्ण १५ रनमा अविजित रहे । कञ्चनपुरका ७ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ कृष्ण कार्की र शहव आलमले ३र३ विकेट लिँदा कप्तान शक्ति गौचनले २ विकेट लिए । आलमले चार ओभर बलिङ गर्दा ८ रन दिएर ३ विकेट लिए । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा बिराटनगर किङ्स र धनगढी टिम चौराहा तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र कञ्चनपुर आइकोनिकबीच प्रतिस्पर्धा हुनेछ ।