घोषणा लगत्तै नयाँ शक्ति पार्टीले विज्ञप्ती जारी गर्याे  

झुण्ड गएको हो एकता होईन-नयाँ शक्ति पार्टी नेपाल, पर्वत

701
views

नवदृष्टि संवाददाता
पर्वत, २८, चैत्र । नयाँ शक्ति पार्टी नेपाल, जिल्ला समिति पर्वतले पार्टी एकता घोषणा भएको केही समयमा नै आपत्तिजनक विज्ञप्ती जारी गरेको छ । सो पार्टीका जिल्ला संयोजक महेन्द्र जंग लामिछानेद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ माओवादी केन्द्रमा गएको एक झुण्डले एकताको नाम दिएर भ्रम छरेकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ एउटा ऐतिहासिक कालखण्ड वा युगका कार्यभार सफलतापूर्वक सम्पन्न गरेका राजनीतिक शक्तिहरुले अर्को कालखण्ड युगका नयाँ कार्यभार पुरा गर्न सक्दैनन् । नयाँ कार्यभारका निम्ती नयाँ सोच, नयाँ विचार र नयाँ दृष्टिकोणको आवश्यकता हुन्छ । त्यसै अनुरुप नयाँ शक्तिको जन्म भएको हो ।
यस्तै विज्ञप्तीका एकलाख पार्टी सदस्यहरुले देशभर १५ लाख पार्टी सदस्य बनाएका छन् । पर्वतमा केही व्यक्तिहरुले पार्टीको हित विपरीत काम गरेका छन । झुण्डले छरेको एकताको भ्रममा कोही पनि नपर्न आग्रह गरिएको छ ।
विज्ञप्ती निर्वाचन नजिकिईरहेका बेला नयाँ शक्ति कुनै पनि पार्टीसँग एकता गरेको छैन् । एकताको अर्थ र परिभाषा नबुझ्नेले नयाँ शक्ति पार्टी र माओवादी केन्द्रका बीच एकताको नाममा दुश्प्रचार गरी आत्मरती लिएका हुन गलत प्रचारको हामी खेद र भत्र्सना गर्दछौं ।