पुष्पकमल दाहालको भारत लक्षित युद्वरत धम्की

म प्रधानमन्त्री मात्र होईन करोडौं जनताको सैन्य कमाण्डर हुँ !

701
views

नवदृष्टि संवाददाता
 काठमांडौ २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थापिका संसद र नेपालका केही राजनैतिक व्यक्तिलाई उचालिरहेको बेला भारतसँग फेरी युद्वको भाषा प्रयोग गरेका छन् । भारतले विस्तारै सिमा अतिक्रमण गरे जस्तै जनयुद्व लडेर आएको पार्टीलाई राजनीतिक खेल खेलाउन खोजे त्यो आफुलाई मान्य नहुने बताएका छन् ।
दाहालले सोमबार पार्टीका उच्च पदाधिकारी सँगको भेटमा यस्तो बताएका हुन् । उनले मोर्चा प्रयोग गरी ुनाव रोक्ने दुस्साहस र नेपालमा हुन लागेको चुनाव भड्काउन खोजे आफुहरुलाई मान्य नहुने बताएको माओवादी स्रोतले जनाएको छ । उनले आफु निकटका पदाधिकारीलाई सुटुकक भेटी यस्तो बताएका थिए ।
दाहालले केन्द्रिय नेताहरुसंग कुरा गर्दै भारत मार्फत निर्वाचन रोक्न मोर्चा लागिपरेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।
भेटमा सहभागी एक नेताका अनुसार, प्रचण्डले मोर्चालाई जसरी भएपनि चुनावमा सहभागी गराईनुपर्ने भन्दा कोही सहभागी नभए पनि स्थानीय निकायको चुनाव अनिवार्य भएको बताएका थिए । दाहालले मोर्चा प्रयोगबाट अदृश्य शक्तिले चुनाव रोके भारतको स्पष्ट खेल हो भन्ने बुझ्नुपर्ने स्पष्ट पारेका थिए ।
प्रचण्ड एक्कासी भारतको उक्त खेलको भत्र्सनामा आउँदा स्वयं बैठकमा सहभागी नेताहरु अलमलमा परेको ति नेताले बताए । बैठकमा सहभागी ती नेताका अनुसार “प्रचण्डजीले मोर्चाको माग संशोधन मार्फत सम्बोधन गर्ने तर निर्वाचचन गराई छाड्ने बताएको समेत नवदृष्टिलाई बताए । उनले भने स्थानीय निकायको चुनाव सायद रोकिदैन् ।