’यी ग्रहमा हुन सक्छन् मानव जाति’

1753
views

एजेन्सी  । ब्रह्मण्डमा पृथ्वी जस्तै मानव जाति भएका कुनै ग्रह छन कि छैनन् भन्ने बारे बषौंदेखि वैज्ञानिकहरु निरन्तर खोजी गरिरहेका छन् । हालसम्म मान्छे जस्तै प्राणी भएको त्यस्तो ग्रह फेला पर्न सकेको छैन् । तर वैज्ञानिकको हालसम्मको खोज पूर्ण निरर्थक भने छैन । खोजी गर्ने क्रममा वैज्ञानिकले केही ग्रहहरु पत्ता लगाएका छन् । जसमा मान्छे जस्तै जाती हुन सक्ने आशंका गरिको छ । हामी ती ग्रहहरु बारे केही जानकारी दिँदै छौं ।
ग्लीज ६६७ सी
ग्लीज ६६७ सी नामको यो ग्रह पृथ्वीबाट करीब २२ प्रकाश बर्ष टाढा रहेको छ । यो पृथ्वीभन्दा साढे चार गुणा ठूलो छ । हाससम्म यो ग्रहको जमिनका बारेमा पूर्ण जानकारी प्राप्त भएको छैन । यहाँ चट्टानी जमिन रहेको बताइएको छ । यो ग्रह पृथ्वी जस्तै रहेको र यहाँ मानव लगायत जीवको बसोवास रहेको हुनसक्ने वैज्ञानिकहरुको दावी छ ।

 

ग्लीज ५८१ डी
वैज्ञानिकले ग्लीज ५८१ डी नाम दिएको यो ग्रह सौर्यमण्डलबाट २०.३ प्रकाश वर्षको दूरीमा रहेको छ । पृथ्वी भन्दा गुणा ठूलो यस ग्रहले एउटा सानो तारालाई परिक्रमा गर्ने वैज्ञानिकहरु बताउँछन् यो ग्रहमा पानी रहेको अनुमान गरिएको छ ।
केप्लर ४५२ बी
यो ग्रह पृथ्वी जस्तै छ । आकारमा पनि पृथ्वी भन्दा खासै ठूलो छैन् । वैज्ञानिकहरुले यसलाई ६ अर्ब पुरानो ग्रह भनेका छन् । यसमा प्रशस्तै तापक्रम रहेको र यसमा जीवन सम्भव रहेको वैज्ञानिकको दावी छ ।

 

 

 

केप्लर १८६ एफ
यो ग्रह पनि पृथ्वीकै आकारमा रहेका बताइन्छ । वैज्ञानिकहरुले यसमा ढुङ्गा माटो रहेको र जीवहरुको बासस्थान रहेको हुनसक्ने दावी गरेका छन् ।

 

 

 

 

केप्लर २२ बीलियंसपृथ्वीभन्दा ६०० प्रकाश वर्षको दूरीमा रहेको यो ग्रह अद्भूत रुपमा चम्किलो रहेको छ । यो ग्रहको सतहमा धेरै पानी रहेको वैज्ञानिक बताउँछन् । यसकारण यस ग्रहमा पनि जीवको प्रशस्त सम्भावना देखिन्छ ।

 

 

 

 

 

केप्लर ६२
यो ग्रह केप्लर टेलिस्कोपबाट खोजी गरिएको थियो । सौर्यमण्डलका ग्रह मध्ये सबैभन्दा बढी पानी हुने सम्भावना रहेको बताइएको छ।
केप्लर ६२ एफ
यो ग्रह पृथ्वीबाट करीब १२०० प्रकाश बर्षको दूरीमा रहेको छ । निश्चित दूरीमा रहेर आफ्नो तारालाई परिक्रमा गर्ने गर्छ । वैज्ञानिकका अनुसार यो ग्रहमा पनि पानी हुने सम्भावना धेरै नै छ ।
केप्लर ६२ ई
वैज्ञानिकका अनुसार यो ग्रह पृथ्वी जत्रै आकारको छ । यसको सतहमा प्रशस्तै पानी रहेकाले यसलाई समुद्री ग्रहको उपमा पनि दिइएको छ । यसै कारण यस ग्रहमा जीवहरुको बसोबास रहेको हुनसक्ने वैज्ञानिकको तर्क छ ।
केप्लर ६९ सी
यो ग्रह आकारमा पृथ्वीभन्दा ७० प्रतिशत ठूलो रहेको छ । यसको दूरी पृथ्वीबाट २७०० प्रकाश वर्ष टाढा छ । यो ग्रहलाई ‘सुपर अर्थ’ नामले पनि चिनिन्छ । जीवको सम्भावना भएको ग्रह मध्ये यो पनि एक हो । यस ग्रहको वातावरण शुक्र ग्रहसँग मिल्दोजुल्दो रहेको वैज्ञानिकहरु बताउँछन् ।

 

 

यो हो ग्रहको खोजी गर्ने केप्लर
एक दुरवीन यन्त्र हो । यो यन्त्र टाढा(टाढासम्म गएर व्रह्माण्डका विभि
न्न ग्रहबारे जाकारी संकलन गर्न यसको प्रयोग गरिन्छ । जर्मनका खगोलविद् योहानेस केप्लरको नाममा यसको नाम राखिएको थियो । यो ग्रहले पत्ता लगाएका ग्रहमा मानवजीवन सम्भव हुने वैज्ञानिकको तर्क छ । annapurna.com