विराट कोहलीको बैंगलोर पराजित

इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको दशौं संस्करण सुरु

1805
views

हैदरावाद । इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा युवराज सिंहको सनराईजर्स हैदरावादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।साविक विजेता हैदरावादका लागि युवराज सिंहले ६२ रन तथा मोईसेस हेनरिक्सले ५१ रनको योगदान दिए । युवराजले २३ बलमा अर्धशतक प्रहार गरे । आइपिएलमा यो उनको सबैभन्दा तीव्र अर्धशतक हो ।

जवाफमा २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा अलआउट हुनुपुर्व १ सय ७२ रन मात्रै जोड्न सक्यो । बैंग्लोरका लागि क्रिश गेलले ३२ रन, केदार जाधवले ३१ रन तथा ट्राभिस हेडले ३० रन जोडे ।

बलिङतर्फ हैदरावादका आशिष नेहरा, भुवनेश्वर कुमार र रसीद खानले २÷२ विकेट लिए । योसँगै नेहराले टि–ट्वान्टीमा सय विकेट हात पारे ।
उनी टि–ट्वान्टीमा सय विकेट लिने आठौं बलर हुन् । तर बायाँ हाते बलरमा भने सय विकेट लिने उनी पहिलो खेलाडी हुन् ।
आईपिएल क्रिकेटमा आज बेलुकी राईजिङ पुणे सुपरजायन्ट्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।