सुनको भाउ तोलामा ३ सय बढ्यो

1932
views

नवदृष्टि संवाददाता
काठमाडौ,२९,चैत । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज तोलाको ५४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

साताको पहिलो दिन आइतबार सुनको भाउ ५४ हजार ४ सय रुपैयाँ थियो । सोमबार भाउमा कुनै परिवर्तन आएको थिएन । महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।