नवदृष्टि संवाददाता
पर्वत,३०, चैत । पर्वत जिल्लाको राम्जामा माओवादी केन्द्र सम्वद्ध वाइसिएलको २५ सदस्यीय कमिटी गठन भएको छ । रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सुवास सुनार, सचिवमा दीपेन्द्र तिमिल्सिना र कोषाध्यक्षमा भूजेल चयन भएका छन् । समितिका सदस्यहरुमा हिक्मत हमाल, सबिन भूजेल, अचित सुनार, प्रविण थापा, ठाकुर चालिसे, राजेन्द्र चालिसे, अनिल सुनार, मिलन हमाल, नारायण तिमिल्सिना, संगम तिमिल्सिना, रुद्रप्रसाद तिमिल्सिना, शिब हमाल, ईश्वर हमाल, जगन हमाल, बिनोद सुनार, सुवास सुनार, शिवप्रसाद तिमिल्सिना, किशोर तिमिल्सिना, पुष्प पौडेल रहेका छन् । त्यसै गरी रामबहादुर गुरुङ, रामु हमाल, शंकर हमाल, पिताम्वर पौडेल र रमेश क्षेत्रीलाई वाइसिएलको सल्लाहकारमा चयन गरिएको छ ।
वाइसिएल गठन कार्यक्रममा माओवादी केन्द्रका नेता मनहरि तिमिल्सिनाले अब युवाहरुको सम्पूर्ण ध्यान विकास र जनताको सेवामा केन्द्रित हुनुपर्ने बताए । तिमिल्सिनाले भने, ‘२१ औं शताब्दीका युवाहरु विकास र समृद्धिका बाहक हुनुपर्छ । अब हामीलाई राजनीतिक झगडा र खिचातानीमा अल्झिने छुट छैन ।
सबैलाई मिलाएर विकास र समृद्धिको नेतृत्व युवाले लिएर मात्रै देश र समाजको प्रगति सम्भव छ । ’कार्यक्रममा माओवादी केन्द्र मोदी गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले युवाहरुको सम्पूर्ण ध्यान विकास, सुशासन र जनताको सेवाका लागि जानुपर्ने बताए ।