फेसबुक म्यासेन्जरबाट लेनदेनमा सहज

1383
views

बुधबार, ३०, चैत एजेन्सी । फेसबुक म्यासेन्जरको माध्यमबाट पनि पैस पठाउन वा लिन सकिने भएको छ । पेपल जस्तै गरी यसबाट पनि पैसाल लन वा दिन सकिने भएको हो। यो सुविधा पाउनको लागि विभिन्न चार चरणहरु पार गर्नु पर्ने छ ।
पहिलो चरणमा डेविट कार्डलाई म्यासेन्जरमा कनेक्ट गर्नुहोस् । यस आईओएस् एप्स् तपाईको सेटिङमा ट्याप गरी भुक्तानी टाइप गरेपछि पहिलो प्रक्रिया पुरा भएको मानिन्छ ।
दोस्रो चरण तपाई जो सँग पैसा पठाउन वा पाउन चाहनुहुन्छ उससँग एक पटक च्याट गर्नुहोस्। त्यसपछि टुलबारमा गएर ट्याप गर्नु पर्ने छ जहाँ तपाईले तीनवटा डट्स सहितको आयाताकार बक्स पाउनुहुन्छ ।
तेस्रो चरणमा भुक्तानी लेखेको ठाउँमा गएर क्लिक गर्नुहोस् त्यस पश्चात् तपाईले पठाउन वा पाउन चाहेको रकम लेख्नुहोस् ।
चौथौ चरण तपाईले पठाउन वा पाउन चाहेको रकम भुक्तानीको कारण सहित उल्लेख गरेपछि तपाईको म्यासेन्जरबाट रकम भुक्तानीको प्रक्रिया सम्पन्न भएको मानिन्छ । यसले इलेक्ट्रोनिक्स लेनदेनलाई अझ सहज बनाइदिने विश्वास गरिएको छ ।