जापानको ओसाकामा इजी लिंक रेमिट

1448
views

जापान । बिभिन्न मुलुकहरुबाट देशमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको सेवाप्रदायक कम्पनी इजी लिंक रेमिट्यान्सले जापानको प्रख्यात शहर ओसाकामा नयाँ सेवा केन्द्र विस्तार गरेको छ । कम्पनीले ओसाका सहरको मुटु मानिने उमेदामा रहेको योदोबासी क्यामेराको पछिल्लो पट्टि रहेको ओसाका स्पाइस एण्ड हलालफुड बाट आफ्नो सेवा विस्तार गरेको हो । एक बर्ष अघिदेखि संचालनमा रहेको ओसाका स्पाइसबाट इजी लिंकको रेमिट्यान्स सेवा समेत सुरु भएपछि ओसाका शहर र आसपासमा बसोबास गर्ने नेपालीहरुलाई नेपालमा पैसा पठाउन सजिलो हुने भएको छ ।
इजीलिंक रेमिट्यान्सले जापानको बिभिन्न शहरहरुमा नेपालीहरुको जनघनत्व बढेसँगै आवश्यकता अनुसार हरेक शहरमा आफ्नो सेवा बिस्तार गर्दै जाने गरेको छ । आफ्ना ग्राहकहरुलाई थप स्तरीय सेवा दिनका लागि निरन्तर प्रयासरत कम्पनीले विगत एक बर्षदेखि आफ्ना ग्राहकहरुको लागी नेपाल पैसा पठाउँदा पहिलो पटक र हरेक तेस्रो पटक पैसा पठाउँदा कुनै शुल्क लिने गरेको छैन ।
यसले गर्दा जापानमा रहेका नेपालीहरुमा इजी लिंक प्रतिको मोह दिनप्रतिदिन बढ्दै गइरहेको इजी लिंक जापानका बजार प्रबन्धक समिर जंग खड्काले बताए । कम्पनीले देश तथा विदेशमा रहेका आफ्ना सम्पुर्ण ग्राहकहरु, शुभचिन्तकहरु र सम्पूर्ण नेपालीहरु प्रति २०७४ सालको शुभकामना समेत ब्यक्त गरेको छ । जापानभर कुल २२ वटा सेवा केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाइ छिटो, छरितो अनि सुलभ मूल्यमा नेपाल पैसा पठाउने स्तरिय सेवा प्रदान गर्दै आइरहेको विश्वासिलो अनि भरपर्दो रेमिट्यान्स कम्पनी इजी लिंक रेमिटले आफ्ना ग्राहकहरुको माग र स्तरीय सेवालाई अझ विस्तार गर्दै जाने बताएको छ ।