तामाङ भाषाको चलचित्र म्लाङ् टाङ्ग ( कालो धन) को छयाँकन हुने

2250
views

नवदृष्टि संवाददाता
काठमाण्डौ ३१, चैत । निर्देशक घनश्याम तिमल्सिना ‘एन्टिना’ को निर्देशनमा यहि बैशाख पाँच गते चलचित्र म्लाङ् टाङ्ग (कालो धन) नामको फिल्म छायाँङ्कन हुने भएको छ । सामाजिक परिवेशमा रहेर निर्माण हुन लागेको उक्त चलचित्र माया प्रेमको आरोह अवरोह, तस्करी र चलिबेटी बेचबिखनको कथामा आधारीत रहेको छ ।
सिन्धुपाल्चोकका बिभिन्न स्थाना र पुर्वी नेपालमा गरिने निर्माण पक्ष कि एक मिस संखु लामाले नवदृष्टिलाई बताईन् । नेपाली समाजमा बिकराल समस्या बन्दै गएको चेलीबेटी ओसारपसार । उत्तरी सिमानाबाट चेलीबेटी बेचिने जुन कथा छ यसलाई छोएर सामाजिक कथामा चलचित्र बन्ने निर्देशक एन्टिनाका दाबी छ ।
छायाँङ्कन गर्नुपूर्व नै यसमा समेटिएको कथावस्तुको स्क्रिप्टले धेरैको मन छोएको निर्माण पक्षको दाबी छ । चलचित्रलाइ बरिष्ठ क्यामरा पर्सन महेन्द्र थापाले छयाँकन गर्ने भएका छन । यसमा पटकथा तथा सम्बाद समेत युवा निर्देशक एन्टिनाको नै रहेको छ ।