आगलागी हुँदा ५९ घर जलेर नष्ट भएका छन्

923
views

नवदृष्टि संवाददाता
कपिलवस्तु चैत, ३१ । शिवराज नगरपालिका–१० शीतलापुरमा बुधबार आगलागी हुँदा ५९ घर जलेर नष्ट भएका छन् । स्थानीय मन्नान मियाँको घरको घु¥यान ९आगो बाल्ने ठाऊँबाट आगलागी सुरु भएको थियो । उनको घरबाट अचानक सल्केको आगोले मूल बाटोभन्दा दक्षिणका सबै फुसका घर जलेको स्थानीयले बताए ।     आगलागीमा परी स्थानीय सत्यनारायण चमार घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, नगद र गरगहना जलेर नष्ट भएको प्रहरीले बताएको छ । करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
आगो लाग्नासाथ प्रहरी, सशस्त्र र स्थानीयले निभाउने प्रयास गरेका थिए । तर हावाका कारण आगो बस्तीमा फैलिएको थियो । जिल्ला दैवीप्रकोप राहत समितिले गाउँको अनुगमन गरी तत्काल जनही ५र५ हजार रुपैयाँ राहतस्वरूप प्रदान गरेको छ । प्रजिअ विष्णुप्रसाद ढकालले २ लाख रुपैयाँ वितरण गरिएको बताए ।