लादेन घटनाका अमेरिकी सैन्य टोली दक्षिण कोरियामा

1370
views


एजेन्सी सोल ,३१, चैत ।
  पाकिस्तानको आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेन विरुद्धको सैन्य कारवाहीमा संलग्न अमेरिकी सेनाको टोली दक्षिण कोरिया पुगेको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षण तथा शक्ति प्रदर्शन पश्चात् सुरक्षात्मक कारवाहीको तयारी गरिरहेको अमेरिकी सैनिक टोली दक्षिण कोरिया पुगेको हो । अमेरिकी सैनिक टोलीले दक्षिण कोरियाली सैनिकसँग संयुक्त रुपमा सैनिक अभ्यास गर्ने बताइएको छ । उत्तर कोरियाली सरकारले गरेको परमाणु हातहतियारको परीक्षणको गतिविधिलाई नियन्त्रण गर्नका लागि अमेरिकासँगको सहकार्यमा लाग्ने दक्षिण कोरियाली रक्षा मन्त्रालयले बताएको छ । सन् २०११ मा नै अमेरिकी सैन्य टोलीले पाकिस्तानी आतंकवादी संगठन अल कायदाका प्रमुख लादेन बस्ने घर घेराउ गरी उनी माथि सैन्य कारवाही गरेको थियो । आकस्मिक रुपमा गरिएको उक्त कारवाहीमा लादेन मारिएका थिए भने यसबारे पाकिस्तानी सरकारलाई पूर्व जानकारी थिएन ।