एजेन्सी । उत्तर कोरियाले अमेरिकाले युद्ध चाहेको भए आफू त्यसका लागि तयार रहेको चेतावनी दिएको छ । कोरियाली प्रायद्वीपमा लडाकू विमान तैनाथ गर्ने अमेरिकाको निर्णयप्रति कडा जवाफ दिँदै उत्तर कारियाले यस्तो चेतावनी दिएको हो । अमेरिकाले ९ अप्रिलमा दक्षिण कोरियामा कार्ल विन्सन स्ट्राइक ग्रुप नामक आफ्नो युद्ध पठाएको थियो ।
उत्तर कोरियली विदेशमन्त्रालयका प्रबक्ताले भनेका छन्, ’कोरियाली प्रायद्वीपमा लगाकू विमान पठाउँने निर्णय अमेरिकाले हतारमा गरेको हो, अमेरिका उत्तर कोरियाको सीमाभित्र प्रवेश गर्ने निहुँ खोजिरहेको छ ।, अमेरिका युद्ध नै चाहान्छ भने उत्तर कोरिया त्यसका लागि तयार छ’ ।
सिरियामा आक्रमण गर्ने वित्तिकै कोरियाली प्रायद्वीपमा लडाकू विमान पठाउँनुलाई अमेरिका आफूमाथि आक्रमण गर्ने तयारीमा रहेको उत्तर कोरियाको बुझाई छ । अमेरिकाको यो कदमलाई राष्ट्रपति किमले आफूलाई चेतावनीको रुपमा लिएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना सल्लाहकारसँग उत्तर कोरियामाथि जस्तोसुकै कदम चाल्न तयार रहेको बताइरहेका छन् ।