नयाँ बर्षमा घुम्नका लागि यी हुन पर्वतका धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल

4581
views

सुशिल भुजेल
पर्वत, १, बैशाख । विक्रम संवतको नयाँ बर्ष २०७४ आजबाट सुरु भएको छ । नयाँ बर्षको अवसरमा नयाँनयाँ ठाउँहरुमा घुमफिर तथा रमाइलो गर्ने चाहाना सायद सबैको हुन्छ । शहरीक्षेत्रका युवा युवतीहरु नयाँ बर्षको अबसरमा नयाँ नयाँ ठाउँमा घुम्न रहर गर्छन । सहरको कोलाहाल र तनावपूर्ण जीवनशैली बिर्सन नयाँ ठाऊँ घुम्ने रहर धेरैमा हुन्छ । पर्वतका यी रमणीय धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलमा पुगेर तपाईको नयाँ बर्ष उमङग बन्नसक्छ ।

सदरमुकाम कुश्माबजार
कुश्मा नगरपालिका सानो क्षेत्र भएपनि तीनवटा अग्ला झोलुङगे पुल र यान्त्रिक पुलले जोडेको पर्यटकीय गन्तव्य स्थान हो । जहाँ फराकिला र सुटिङ स्थलहरुले तपाईको उराठलाग्दो मनलाई हराभरा पार्न सक्छ । आन्तरीक एवं वाह्य पर्यटकको आर्कषण केन्द्र कुश्मा नगरपालिकाका अग्ला पुलहरुको दृश्यले तपाईलाई नयाँबर्षमा नयाँ उमङ्ग ल्याउँछ । यहाँ आउने आन्तरीक होस् या वाह्य पर्यटक नै किन नहुन उनीहरुमा उमङग छाउछ होटल बन्दना प्रा.लि.का सञ्चालक कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।

धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे
पञ्चासे कास्की, स्याङ्जा र पर्वतको सीमानामा पर्छ । स्थानीय तहको नयाँ संरचना अनुसार कुश्मा नगरपालिकाले समेटिएको यस धामिक एवं पर्यटकीय क्षेत्र अत्यन्तै मनमोह
क र रमणीय स्थल हो । पर्वतको डिमुवाबाट पैदलयात्रा गरी तिलाहार, राम्जा, चित्रे, आर्थरहुँदै रमणीय स्थान पञ्चासे यात्रा पुरा हुन्छ । गर्मीयाममा चिसो मौसम हुने पञ्चासेबाट उत्तरमा हिमालयका मनमोहक दृश्यहरुको दृश्यावलोकनका साथै विभिन्न ठाउँहरुको अवलोकनका लागि यस क्षेत्र उपयोगी क्षेत्र हो । आन्तरीक तथा वाह्य पर्यटकहरुको लागि गन्तव्य स्थानमा पुग्न आवश्यक गास, बास, कपासको व्यवस्था भएको जिल्ला विकास समिति पर्वतका सूचना अधिकृत तुलसीराम शर्मा बताउँछन ।

प्रसिद्ध सेतीवेणी शालिग्राम शिला
तीन जिल्ला पर्वत, गुल्मी र स्याङजाको संगम स्थल बिहादी गाउँपालिकामा पर्ने सेतीवणीमा रहेको शालिग्रम शिला अवलोकनका लागि आउने पर्यटकहरु धार्मिक मोहका लागि आउने गर्दछन् । हरेक मेला पर्वमा धर्मालम्बीहरू को घुइचो लाग्ने गर्दछ । आन्तरीक एवं वाह्य धर्मालम्बीहरु यस स्थानमा आउने गर्दछन । नयाँबर्षमा तपाईको सेतीवेणी शिला अवलोकनको यात्राले स्मरणीय बनाउन सक्छ । यस स्थान धर्मका लागि मात्र नभई पर्यटकीय यात्रा भएकोले आन्तरकि तथा वाह्य पर्यटकलाई नयाँ उतसाह पैदा गर्न सक्ने जिविस पर्वतका पपर्यटन फोकल पर्सन चन्द्र बहादुर क्षेत्री बताउँछन् ।
नेपालकै दोस्रो साहसिक यात्रा जलयात्रा
कालीगण्डकीमा पर्वत खण्डबाट सुरु हुने नेपालकै दोस्रो साहसिक जलयात्रा नयाँ बर्षका लागि उपयोगी बन्नसक्दछ । वाह्य तथा आन्तरीक पर्यटकहरुको लागि खुसीयालीका साथ घुम्ने कालोपानी नदीको  जलयात्रा पर्यटकीय दृष्टिकोणले लायक यात्रा हो । मालढुङ्गदेखी मिर्मिसम्म रमाउन सकिने जलयात्राको महत्व भिन्न प्रकरको रहेको छ । अधिकांसले गर्न सकिने जलयात्रा उत्कृष्ठ यात्रा भएको पञ्चासे टुरीज्म प्रा.लि.का सञ्चालक एवं पर्वत पर्यटन प्रर्वद्धन केन्द्रका अध्यक्ष शिवशर्मा पौडेल बताउँछन् ।
मनमोहक दृश्यावलोकन गर्न सकिने डहरेको लेक
२२५९ मिटर उचाईमा रहेको डहरेको लेक पर्यटकीय एवं धार्मिक दृष्टिकोणले उपयुक्त स्थान हो । हरेक मेला पर्वसँगै जुनसुकै समयमा पनि यात्रा गर्न सकिने डहरे लेकबाट कास्की, स्याङ्गजा, पर्वत, गुल्मी लगायतका धेरै जिल्ला तथा उच्च हिमश्रृङखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

डहरेलेक अवलोकनका लागि आउने पर्यटक एवं धर्मालम्वीहरुले पर्वतका प्रसिद्ध धार्मिक एवं पर्यटकीय गन्तव्य स्थलहरु, अल्पेश्वर गुफा, गुप्तेश्वर गुफा, लुङखुको महाशिला, दुर्लुङकोट, पञ्चकोसी ताल, मोदीवेणी धाम जस्ता धार्मिक एवं पर्यटकीय स्थललाई गन्तव्यस्थल बनाउँदै नयाँ बर्षको नयाँ उमङ पैदा गर्न सहज हुनसक्छ ।