जेष्ठ नागरिकको वृद्धभत्ता, बाटैमा बेपत्ता

1488
views

महेन्द्र जिसी
पर्वत, १ बैसाख । वृद्धभत्ता थाप्न सदरमुकाम आएका जेष्ठ नागरिकहरु भन्दै थिए गाउँमा पाउने वृद्धभत्ता लिन सदरमुकाम आउँदा निकै सकस भयो । सरकारले स्थानीय निकाय विकेन्द्रीत गराउँदा पनि वृद्धभत्ता थाप्न सदरमुकाम आउनु जेष्ठ नागरिकलाई सास्ती भएको बताए ।
पाँच गाउँपालिका र दुई नगरपालिका कार्यान्वयनमा आएको पर्वतमा वृद्धभत्ता लिन सदरमुकाम आएका वृद्धहरुले यस्तै यस्तै बताएका थिए ।
स्थानीय तवरमा गाविस सचिव मार्फत वितरण हुँदै आईरहेको सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आएका उनिहरुले वृद्धभत्ता गाउँ फर्काउन समेत गुनासो गर्दै थिए ।
शंकरपोखरी–१ का हरीप्रसाद तिवारीले भने– ‘आफुहरु वृद्धभत्ता लिन सदरमुकाम जान नसक्ने तर आफन्तलाई ल्याईदिनु भनेर पठायो बाटैमा बेपत्ता हुन्छ ।’ तिवारीले आफु आउन नसक्ने अरुलाई पठाउँदा कति रकम पाइएको हो जानकारी नै नहुने बताए । सदरमुकाम आएका अन्य जेष्ठनागरिकहरुको भनाई पनि यस्तै यस्तै थियो ।
दुई दिनको बाटो लगाएर सामाजीक सुरक्षा भत्ता बुझ्न आएका वृद्ध्हरु आगामी सरकारले वृद्धहरुलाई सास्ती दिने निर्णय नगर्न समेत अनुरोध गरेका छन । भत्ता लिन सदरमुकाम आयो बैंकको पटाहामा दिनभर कुर्नुपर्ने अवस्था थियो । वृद्ध भत्ता लिन लाइन बसेका उनिहरुले कान नसुन्ने तथा हिडडुल गर्न समस्या भएको अवस्थामा सरकारले पनि सास्ती कटाएको गुनासो गरे ।
स्थानीय निकायको निर्वाचनको तरखरमा रहेका बेला वृद्धहरुले भने पुरानै सरकारको माग सँगै गाउँमै भत्ता उपलब्ध गराउन समेत आग्रह गरेका छन् । शुक्रबार देखी शुरु भएको नयाँ वर्षको पुर्व सन्ध्यामा सदरमुकामका बैंकहरुमा यस्तै सामाजीक सुरक्षा भत्ता लिन आएका जेष्ठ नागरीकहरुको भिड लागेको हो ।