कुश्मा नगरसंयोजकमा शंकर गिरी

941
views

नवदृष्टि संवाददाता
पर्वत, २, बैशाख । माओवादी केन्द्रको सम्मेलनबाट कुश्मानगरपालिकाको नगर कमिटिको अध्यक्षमा शंकर गिरी सर्वसहमत चयन भएका छन् । सम्मेलनले गिरीको नेतृत्वमा ५७ सदस्यीय नगर कमिटि गठन गरेको हो । समितिको उपाध्यक्षमा राम पराजुली, सचिव मिनराज केसी, कोषाध्यक्ष राम अधिकारी, सहसचिव सिता परियार रहेका छन् ।
नगर कमिटिको अध्यक्षमा सर्वसहमत चयन भएका गिरी माओवादी केन्द्रिय सदस्य समेत रहेका छन् । नगर सम्मेलनमा स्थायी कमिटि सदस्य हरि अधिकारीले ‘जसको एजेण्डा उसको जित हुनुपर्नेमा जोड दिए ।’ उनले माओवादीले उठाएका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक समावेशीता लगायतका मुद्धाहरुलाई स्थापित गर्न सफल हुनु नै माओवादीको पहिलो जित भएको बताए । अबको चुनावमा एजेण्डा विनाका दललाई भोट दिनुको औचित्य नरहेको भन्दै काम गर्नेलाई भोट दिनुपर्ने र सोही अनुसार पार्टी नेतृत्वहरु लाग्नुपर्नेमा जोड दिए ।
अधिकारीले संघीय गणतन्त्रको स्थापना र सोही अनुसार नागरिकलाई घरदैलोमा सेवा सुविधा दिने सोचका साथ अघि बढेको भन्दै देशलाई समृद्ध बनाउको लागि पनि माओवादी केन्द्रको जित हुनुपर्नेमा जोड दिए । उनले देशलाई विकासतर्फ उन्मुख गराउनको लागि केन्द्रको विकल्प नभएको भन्दै चुनाव प्रचारप्रसारमा जुट्नुपर्ने बताए ।
पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज नेत्र अधिकारीले माओवादीले काम गर्ने तर जस लिन नजान्ने भएका कारण पनि पछि परेको बताए । उनले ०६४ सालामा पहिलो पार्टी बनेको माओवादी आफूले ल्याएका एजेण्डाबारे जनतामाझ पु¥याउनुपर्ने धाराण व्यक्त गरे ।