निर्मल पौडेल
पर्वत, ३ वैशाख । तात्कालिन नेकपा माओवादीले गरेको कार्वाहीमा तत्काल उपचार नपाएको भए मेरो मृत्यु हुने थियो । माओवादी साथीहरुले अनावश्यक कार्वाही गर्नु भो तर पनि उहाँहरुप्रति म कृतज्ञ छु । मलाई मारेर पनि देशको विकास सोचे अनुरुप भै दिएको भए कत्ति पनि दुःख लाग्ने थिएन् । तर, आज माओवादी साथीहरु नै संसदवादमा चुर्लुम्म डुब्नुभयो अब काँग्रेस र उहाँहरुको विचारमा तात्विक भिन्नता छैन्, नेपाली काँग्रेसका महासमिति सदस्य रुद्रलाल उपाध्ययाले नवदृष्टिलाई बताए ।
यतिबेला उनै माओवादी उर्फ नेकपा माओवादी केन्द्रका उमेदवारसँग चुनावी मैदानमा भिड्न जलजला गाउँपालिका–७ को वडा अध्यक्षमा मलाई सर्वसहमति जुटेको छ । उपाध्यायले भने अब हारजितको परिणाम जस्तो आउला सबैलाई माथ गर्ने गरी मेरो उमेदवार पर्ने पक्का पक्कि भएको छ ।
जलजला गाउँपालिका– ७ धाइरीङमा रुद्रलाल उपाध्याय नेपाली काँग्रसवाट वडा अध्यक्षको लागि काँग्रेस वडा समितिले अध्यक्षमा सर्वसम्मत गरेको हो ।
अर्को पार्टी एमाले प्रतिष्पर्धामा छ, आगामी स्थानीय निकायको चुनावमा मलाई एमालेको पनि सहयोग पुग्छ, त्यो सहयोग रुद्रलाई हेरेर गरिने होईन मसँग नयाँ भिजन छ, यहि भिजनले मलाई सर्वसहमति जुटेको हो उनले बताए ।
२०४८ सालमा साविकको धाइरीङ गाउँ विकास समितिको अध्यक्ष भएर सामाजिक कार्य गरेका उपाध्यायले यसपालिको चुनावमा टिकटको पक्कापक्की भएको बताए । स्वास्थ्य, शिक्षा, रोजगार, बाटोघाटो सँगै गास, वास, कपास र विभन्न क्षेत्रमा वञ्चित गाउँवासीहरुका लागि आँफुले वृहत आर्थिक विकासको योजना सहित मैदानमा उत्रिन लागेको उनको भनाई थियो ।
उनले २०५२ ,०५३ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको ठाडो ताकेतामा केन्द्रिय योजना अन्र्तगत आई.एल ओ मार्फत धाईरिङ सल्यानमा हिउँद बर्षाका लागि स्थाइ कुलो ल्याएर धाईरिङ सल्यानवासीहरुलाई स्वरोजगारमुलक कृषिमा आश्रित बनाएको उनीहरु अहिले पनि सम्झिन्छन् । स्थानीयले उनलाई जिउँदो शहिद समेत भन्ने गरेका छन् । विकासपे्रमी इमान्दार निष्ठावान् छवी भएका उपाध्याय २०५६ सालमा तात्कालिन नेकपा माओवादीले खुट्टा भाँचिदिएपछि उनी शारीरिक रुपमा कम्जोर बनेका छन् ।
जिउँदो शहिद चुनाव भिड्दै
जलजला–७ धाइरिङमा रुद्रलाल उपाध्यायको सर्वसम्मत उम्मेदवारी