सुशिल भुजेल
पर्वत ३, बैशाख । ‘‘अतित सम्झी नरोउन निरमाया भो वर वर आँसु हेर्न सक्दिन’’ बाट लोकदोहोरी क्षेत्रमा प्रवेश गरेका अमिर सुवेदी यतिवेला दुईवटा गिति एल्बम बजारमा ल्या ने तयारीमा छन् । लोक दोहोरी विधामा छुट्टै पहिचान बनाउन सफल कलाकार अमिर सुवेदीले ‘तिम्रै चिन्ता भो रोएरै बित्या छन रात र दिन त भो’, र ‘बसन लुकी, दिलभित्रै लुकी, तिमी मुटु म मुटुको ढुकढुकी’ नामका लोकदोहरी गित स्रोता दर्शक माझ बजारमा ल्याउने भएका हुन् ।
यस अघि ‘तिम्रै दिलमा फुल्न सकिन, तिमी सङगै बितेका पलहरु चाहेर नी भुल्न सकिन ।’, ‘तिमी बसेको मन फेर्न सक्दिन, अतित सम्झी नरोउन निरमाया भो वर वर आँसु हेर्न सक्दिन ।’ र च्याटमै लभ पर्दा हो, नलाउँछ्यौ चोली नलाउँछ्यौ फरिया फेसनवाली परि बाई श्रीमती यहि फेसबुकले गर्दा हो ।’ नामक लोकदोहोरी एवं तिजी गितहरुबाट चर्चा कमाएका सुवेदीले फेरी दुईवटा गित बजारमा ल्याउने भएका हुन ।
सुवेदीका ‘तिम्रै चिन्ता भो रोएरै बित्या छन रात र दिन त भो’, अमिर सुवेदीको शब्द र संगितमा चर्चित गायिका कृष्ण परियारले स्वर दिएकी छन् । यस्तै ‘बसन लुकी, दिलभित्रै लुकी, तिमी मुटु म मुटुको ढुकढुकी’ नाम लोक दोहोरी गितमा शब्द गोपाल सापकोटा क्षेत्रीले दिएका छन भने संगित एवं स्वर अमिर सुवेदी र देवी घर्तिको रहेको छ ।
अबसर (ब्द्यक्ब्च् म्क्ष्न्क्ष्त्ब्ी) कम्पनी मार्फत बजारमा ल्याउन लागिएको उक्त लोकदोहरी गित मध्ये बसन लुकी नामक दोहोरी गितले स्रोता दर्शकलाई मनोरञ्जन दिने खालको रहेको छ भने ‘तिम्रै चिन्ता भो रोएरै बित्या छन रात र दिन त भो’ गितलस्रोता दर्शकलाई भावात्मक बनाउने खालको रहेको चर्चित कलाकार अमिर सुवेदीले बताए ।
सुमधुर स्वरका धनी अमिर सुवेदीले बजारमा ल्याएका प्रायजसो गितहरु मार्मिक खालका रहेका छन् । छाडा आवाजका गितहरुले बजार जमाईरहेका बेला सामाजिक परिवेशका गितहरु ओझेलमा पर्न सक्नेतर्फ ध्यान दिदै शब्द चयनले गितलाई चर्चामा ल्याउने उनी बताउँछन् ।
कलाकारका लागि स्वरको आवश्यकता पर्दछ ा तर, कतिपय कलाकारहरु स्वरमा निखार नहुँदा नहुँदै पनि चर्चामा आउने गरेका छन् अत्यन्तै मिठो स्वरका धनी सुवेदीले आफ्नो स्वरलाई भगवानको वरदान ठान्ने गरेका छन् ।