शनि गह्रको चन्द्रमामा ‘जीवन सम्भव’

1325
views

जोनाथन आमोस बिबिसी
वैसाख ३ – बरफले जमेको शनी ग्रहको उपग्रह इन्सेलाडस पृथ्वीपछि जीवनको सम्भावना रहेको अर्को ठाउँ हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।
कासिनी यानले ५०० सय किलोमिटर चौढाई रहेको उपग्रहमाथि गरेको अनुगमन र अनुसन्धानपछि वैज्ञानिहरु यो निश्कर्षमा पुगेका हुन् ।
सो यान उपग्रहको माथि उडेको थियो भने त्यहाँको समुद्रबाट अन्तरिक्षमा पठाइएको पानीको नमूना लिएर आएको थियो ।

कासिनीले ल्याएको नमुनाको रसायनिक विश्लेषण गर्दा इन्सेलाडसको समूद्रको तल्लो भागमा तातोपन रहेको पाइएको छ, जसबाट पृथ्वीजस्तै जीवनको सम्भावना रहेको पाइएको वैज्ञानिकहरुले बताएका छन् ।
यसमा स्पष्ट हुन जरुरी छ भने यस्तो ‘हाइड्रो थर्मल सिस्टम’ हनुनै त्यहाँ जीवन हुन्छ नै भन्ने होइन । यसको वातावरण अझै प्रतिकुल हुनसक्छ ।
तर, नयाँ परिणामले वैज्ञानिकहरुलाई पुनः त्यहाँ अत्याधुनिक प्रविधि लिएर जाने प्रेरणा भने मिलेको छ । जसबाट त्यहाँको पानीको नमुना लिएर उनीहरुले फेरि त्यहाँ जीवन सम्भव रहेको पुष्टि गर्न सकुन् ।
टेक्सासको साउथवेस्ट रिसर्च इन्सिटिच्युडबाट कासिनीका वैज्ञानिक डा हन्टर वेट भन्छन्, ‘हामीलाई पक्का विश्वा छ इन्सेलाडसको भित्री समूद्रमा जीवन सम्भव छ । यसका लागि हामीले त्यहाँ गएर थप अध्ययन गर्न जरुरी छ ।’
‘यदी त्यहाँ जीवन छैन भने किन छैन रु यदी छ भने झन् राम्रो । त्यहाँको वातावरण नै यस्तो छ हामी यी दुवै प्रश्नको उत्तर खोज्न चाहन्छौँ,’ उनले भने ।
इसेलाडसको समूद्रको पहिलो तह नै धेरै किलोमिटर गहिरो रहेको बताइन्छ । जसले गर्दा गुरुतवाकर्षणबाट पैदा भएको तापका कारण त्यहाँभित्र तरल पनि रहेको छ ।