नोकिया एट यस वर्षको शानदार स्मार्टफोन

1482
views

एजेन्सी, १८, बैशाख । – नोकिया यो वर्ष थुप्रै स्मार्टफोन सार्वजनिक गर्दैछ जसमध्ये कुनै बजारमा आइसकेका छन् । कम्पनीले सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड स्मार्टफोनलाई चीनमा पेश गरेको थियो । त्यसपछि अब नोकियाको ३३१० फिचर फोन लञ्च भएपछि चर्चामा रह्यो । एचएमडी ग्लोबलसँग नोकिया थुप्रै स्मार्टफोनमा काम गरिरहेको छ । जस मध्ये थुप्रै फोन चाँडै नै सार्वजनिक हुने आशा गरिएको छ । कम्पनीले आफ्नो स्मार्टफोन नोकिया थ्री, नोकिया फाइभ र नोकिया सिक्सलाई पहिले नै सार्वजनिक गरिसकेको छ । अब सार्वजनिक हुन लागेको नोकियो स्मार्टफोनमा नोकिया सेभेन, नोकिया एट र नोकिया नाइन समावेश छन् । यी स्मार्टफोन हार्ड एण्ड रेन्जको स्मार्टफोन हुनसक्ने अनुमान गरिएको छ । कम्पनीले पहिले नै मिड रेन्ज र बजेट रेन्जमा फोन सार्वजनिक गरिसकेका छ । अब कम्पनीका यी नयाँ स्मार्टफोनमा कस्ता विशेषता दिइएका छन्, त्यो भने हेर्न बाँकी छ । नोकियो एटको कुरा गर्ने हो भने यसलाई कम्पनीको सबैभन्दा शानदार फोन मानिएको छ ।