वृद्धाआश्रमका जेष्ठ नागरीक मतदानबाट बञ्चित

1056
views

महेन्द्र जिसी
पर्वत, १८, बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा वृद्धाआश्रमका जेष्ठ नागरिकहरु मतदानबाट बञ्चितिमा परेका छन् । कुश्मानगरपालिका–५ स्थिते मोदिवेणी दिव्यधाममा आश्रय लिएका जेष्ठ नागरिकहरु मतदानबाट बञ्चितिमा परेका हुन । उनीहरुको मतदाता नामावलीमा नाम छैन् । ८५ देखी ९० वर्ष पार गरेका जेष्ठ नागरीकहरुको लागि सम्बन्धित निकायले वेवास्था गरेपछि उनीहरुको मतदाता नामावलीमा नाम छुटेको थियो । दुईदशक देखी दिव्यधाम बस्दै आउनुभएकी भंगरा ८५ वर्षिया सावीत्री माईले सरसहयोग गर्न धेरै निकाय आएको तर, चुनावको बारेमा थाहा नपाएको बताउनुभयो ।
पर्वत, बाग्लुङ, स्याङजा लगायतका जिल्लाहरुबाट दिव्य धाम आश्रय स्थलमा आएका जेष्ठ नागरीकहरु मताधिकारबाट बञ्चितिमा परेका हुन् । नृसिंह मन्दिरका पुजारी रामालाल महाराजले आँफुहरुको मतदाता परिचय पत्र नभएका कारण मत दिन नसक्ने बताउनुहुन्छ । दिव्यधाम व्यावस्थापन समितिका अध्यक्ष गोपाल दास वैरागीले विभिन्न गाविसबाट आएर धाममा आश्रय लिएर वसोवास गर्दै आउनु भएका जेष्ठ नागरीकहरु मतदाता नामावलीमा नाम नएका कारण मतदान गर्न नपाउने अवस्था सिर्जना भएको बतानुउनुभयो ।