राप्रपाले सरकार छाड्ने

733
views

काठमाडौं, १८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकलेसोमबार सरकार छोड्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का दुईसय ४९ सांसदको हस्ताक्षर सहित संसद् सचिवालयमा महाअघियोगको प्रस्ताव दर्ता गरे लगत्तै राप्रपाले यस्तो निर्णय गरेको हो ।
प्रधानन्यायधिश सुशीला कार्की बिरुद्ध संसदमा दर्ता गराईको महाअभियोग प्रस्तावको बिरोध स्वरुप सरकारबाट अलग हुने निर्णय गरिएको जानकारी गराउँदै बैठकपछि राप्रपा अध्यक्ष कमल थापाले पत्रकार सम्मेलन गरी संसदमा दर्ता भएको संविधान संशोधन बिधेयकको पक्षमा दृढतापूर्वक खडा हुने बताउनुभयो ।