रोनाल्डोलाई देखेर ईश्र्या हुन्छ जिदान

714
views

एजेन्सी, १९, वैशाख । – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डोलाई देखेर आफूलाई ईश्र्या हुने बताएका छन् । एथ्लेटिको म्याड्रिडसँगको च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पूर्व सन्ध्या टिमका स्टार स्ट्राइकरको प्रशंसा गर्दै उनले सो कुरा बताएका हुन् । जिदान आफै सफल खेलाडी थिए । उनले विश्वकपदेखि च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहे । तर, क्रिस्टायनो रोनाल्डो र ब्राजिलियन रोनाल्डोजस्तै गोल गर्न नसकेकोमा ईश्र्या लाग्ने गरेको उनले बताए । ‘प्रशिक्षकका रुपमा उ मेरो सबैभन्दा उत्कृष्ट खेलाडी हो,’ जिदानले रोनाल्डोको तारिफ गर्दै बताए । ‘मैले उसँग खेल्न पाइनँ तर ऊ विरुद्ध भने खेलेको छु,’ उनले थपे, ‘मैले धेरै एसिस्ट गरे किनभने मसँग त्यस्तो गोल गर्ने क्षमता थिएनँ । उनीहरु निर्णायक खेलाडी हुन् ।’ मंगलबार रियलले चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको सामना गर्दैछ । उनले प्रतिद्वन्द्वी प्रशिक्षक डिएगो सिमिओनीको पनि तारिफ गरे । ‘सिमिओनी आफ्नो क्लबमा राम्रो गर्दैछन् । म उनलाई मनपराउँछु र सम्मान पनि गर्छु’ उनले भने ।