काठमाडौं, ५, मंसिर । नेकपा (एमाले) ले आज ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्दैछ । अहिले बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की व्यांक्वेटमा एनभीएफ फोर्सको घोषणा गर्न लागेका हुन् ।

पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि फोर्स घोषण गर्नुअघि एमाले कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी रहेको छ ।










