परिक्षा फर्म भर्दै स्थानीय चुनावका उम्मेदवारहरु

715
views

शुसिल भुजेल पर्वत, २९, बैशाख । आसन्न संविधान सभाको निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरुले मेयर देखी सदस्यसम्म मनोनयन दर्ता गरेका छन् । देशका महानगरपालिका तथा नगरपालिकाहरुमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन । महानगरपालिका, गाउँपालिका तथा वडा उम्मेदवारका लागि मुख्य निर्वाचनको कार्यालय तथा निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गरेका हुन् । राजनीतिक हैसियत पाएका दलहरुले चुनाव चिन्ह सहित मनोनयन दर्ता गरेका हुन भने चिन्ह नपाउने उम्मेदवारहरुले स्वतन्त्रका नामबाट उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवारहरुले बताएका हुन् । स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले २२ गते चुनाव चिन्ह पाउने छन् । मनोनयन दर्ताको पूर्व सन्ध्यामा सबै उम्मेदवारहरुले विजय सुनिश्चित भएको बताएका छन् । स्वतनत्र उम्मेदवारहरुले पनि मेयर, उपमेयर, अध्यक्ष एवं सदस्य पदसम्म उम्मेदवारी दिएका हुन् । कतैकतै बागी उम्मेदवारहरु पनि उठेका खवर प्राप्त भएका छन् ।