लोकमान सिंहपछि अख्तियार प्रमुखमा दीप बस्न्यात सिफारिस

779
views

काठमाडौं, १९ बैशाख । संवैधानिक परिषदको मंगलबार बसेको वैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातलाई सिफारिस गरेको छ । लोकमान सिंह कार्की अयोग्य ठहरिएपछि रिक्त रहेको उक्त पदमा बस्न्यात सिफारिश हुनुभएको हो । लोकमान सिंह कार्कीलाई संसदमा महाभियोग र सर्वोच्च अदालतले ’अयोग्य’ भन्दै संवैधानिक परिषदको निर्णय बदर गरिदिएपछि आयुक्त बस्न्यात गत बर्षको कात्तिक ४ गतेबाट कायममुकायम प्रमुख आयुक्त हुनुभएको थियो ।

उहाँ अख्तियारमा सबै भन्दा वरिष्ठको हैषियतमा हुनुहुन्थ्यो । लामो समय निजामती सेवामा व्यतित गरेका बस्न्यात सचिवबाट अवकास हुनुभएको थियो । अमेरिका, वेलायत, ब्राजिल, स्वीटजरल्याण्ड, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, इटाली, जापान, सिंगापुर, मलेसिया, उत्तर कोरिया, इण्डोनेसिया, चीन, भारत, पाकिस्तान लगायतका मुलुक भ्रमण गर्नु भएका बस्न्यात भौतिक योजना मन्त्रालयको सचिव पनि हुनु भएको थियो ।