माओवादी लालकिल्लामा तीन दलको भिडन्त, लिमिठानामा पौडेलको बर्चस्व

988
views

निर्मल पौडेल
पर्वत २०, वैशाख । माओवादी लालकिल्ला मानिएको फलेवास नगरपालिका–७ मा मंगलबार मनोनयन दर्ताको प्रक्रियाले तीनदलका उम्मेदवारहरुको चर्को भिडन्त हुने सम्भावना बढेको छ । माओवादी केन्द्र निकट लालकिल्लाका हस्ती आनन्द प्रसाद पौडेलका प्रतिद्वन्द्वी बन्दै नेपाली काँग्रेसका मोती प्रसाद रेग्मी र नेकपा एमालेका हरिराम रेग्मीले उम्मेदवारी दिएपछि उक्त वडामा प्रतिष्पर्धा हुने भएको हो । जनमतका आधारमा पौडेल सर्वश्रेष्ठ मानिदै आएपनि निकटतम प्रतिद्वन्द्वीहरुले मत कटाउँने सम्भावना बढेको पौडेलको भनाई छ । पौडेलका विरुद्ध एमाले र काँग्रेसको साझा उम्मेदवार बन्ने अवस्थामा पौडेलले कडा प्रतिष्पर्धा खेप्नुपर्ने आँकलन गरिएको छ ।
बामपन्थि आन्दोलनबाट खारिएका पौडेल नेपाल सरकारको ३२ बर्ष कृषि प्राविधिक पदमा रही सेवा प्रदान गरेका उम्मेदवार हुन् । उनीसँग कृषि क्षेत्रमा उल्लेख्य अनुभव भएकोले कृषि पेशामा आश्रित समुदायले उनको उम्मेदवारीलाई सर्मथन जनाएका छन् । फलेवास नगरपालिका–७ लिमिठानामा कृषि क्षेत्रमा योगदान पु¥याउँदै आएका पौडेलले फलेवास नगरपालिकाका सबै वडाहरुमा कृषकलाई कृषि सेवा विस्तार गरेका थिए । फलेवास नगरपालिकाको कृषि सेवाकेन्द्रमा रहँदा पाँचबर्षको अवधीमा व्यावसायिक सुन्तला खेती, खाद्यान्न बाली, व्यावसायिक तरकारी खेती देखी कृषकहरुलाई समुहगत रुपमा अगाडी बढाउँदै आएका उनले उम्मेदवारी दिएको वडावासीलाइ पौडेल भन्छन् ‘‘सबैलाई हेर्यौं पटक पटक, मलाई भोट दिनुहोस् एकपटक ।’’ पाैडेलले विकास र समृद्धिका लागि सबै वडामा ग्रावेल सहितको रिङरोड, युवाहरुलाई लक्षित गरी फ.न.पा. मा ठूलो खेलमैदान निर्माणसँगै खेल सामाग्री प्रदान गर्ने, लप्सी र सुन्तलाको पकड क्षेत्र मानिएको लिमिठानामा सुन्तला खेती, लप्सीको विस्तार र उद्योगको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले अदुवा, वेसार, अलैंची जस्ता नगदेबालीको बजार व्यवस्थापन र आधुनिकीकरण, कोल्ड स्टोरको व्यवस्था पशुपंक्षिपालन लगायतका व्यवासयलाई प्रर्वद्धन गर्दै कृषिजन्य साना तथा घरेलु उद्योगहरुको स्थापना गर्ने, वित्तिय संस्था एवं कृषि सहकारीको स्थापना, विदेश पलायन वेरोजगार युवाहरुलाई स्वरोजगारकुलक कार्यक्रम, गरीब, दलित अपाङग पिछडिएका वर्गहरुलाई उचित न्याय प्रदान, महिला अग्रसरतालाई जोड, ग्यारेण्टी, सातमुले चिर्दी बराह कुलोको संरक्षण एवं शाखालाईन विस्तारलाई विशेष जोड दिएका छन् ।

पौडेलले लमाएदेखी लिमिठाना ठानामौला फलामखानी हुँदै लुङ्खु जोड्ने सडकको कालोपत्रे गर्ने, गाविसको हेपोमा एम्बुलेन्सको व्यवस्था, लिमिठाना माविलाई उमावि शिक्षाको व्यवस्था, खानेपानी तथा बिजुली बत्तिको सुविधा, नगरपालिकाको नमुना वडा बनाई पूर्ण सरसफाईयुक्त गाविस घोषणा गर्ने, पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरुको संरक्षण प्रर्वद्धन गर्ने घोषणापत्र सार्वजनिक गरेका छन् ।

पौडेलले लमाएदेखी सातमुले देविथानसम्म पर्यटकीय पैदल मार्गको स्थापनासँगै, होम स्टेको व्यवस्था, बाँझो जग्गामा सिञ्चाई र बाटोको व्यवस्था गरी आयमुलक कार्य गर्ने, दान्सिङ, भैरवथान, नारायणथान चाउका देवीथान, छाम्मे शिवालय, तारके चाउका देवथान, लगायतका सम्पदाहरुको संरक्षण गर्ने, परिर्वतनका खातिर वलिदानी गरेका शहिद सोम परियार ताराको शालिक निर्माण गर्ने जस्ता कार्यलाई जोड दिएका छन् । उनले वडाका हरेक आवश्यक ठाउँहरुमा प्रतिक्षलयको निर्माण गर्ने, व्यवहारिक र प्राविधिक शिक्षलाई प्राथमिकतामा राखि अंग्रेजी माद्यमबाट मावि सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने । भूकम्पपीडितलाई राहत तथा घरवासको व्यवस्था गरी अनियमितााको पर्दाफास सँगै कार्वाही गर्ने समेत उनको घोषणापत्र तयार भएको छ ।
निःशुल्क वाईफाईको व्यवस्था, सञ्चारको पहुँच, पञ्चैबाजा, भजनमण्डली आमासमुहलाई उर्जाशिल बनाई आयस्तरमा वृद्धि गर्ने उनको लक्ष्य सहित उम्मेदवारी दिएका छन् । पौडेलका प्यानलमा शालिकराम पाण्डे, ऋषिराम सुनार, पवित्रा सुनार र सावित्री थापा रहेका छन् ।