नुवाकोट बनाउ अभियान सहित नुवाकोट–२ को अध्यक्षमा विरेन्द्र शाही

1224
views

नवदृष्टि संवाददाता
नुवाकोट २० बैशाख । नुवाकोट नेपालको दोस्रो राजधानी हो । पृथ्वीनारायण शाहले नुवाकोटलाई २५ बर्षसम्म मुलुकको राजधानी बनाए । त्यतिबेला नुवाकोट निकै विकसित थियो । २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा पश्चिम १ नम्बर टुक्रिएर नुवाकोट, रसुवा र धादिङ जिल्लामा परिणत भयो । २०२८ सालमा सदरमुकाम बिदुरमा सरेपछी बिस्तारै यो क्षेत्र ओझेलमा पर्दै गयो । यो स्थान धार्मिक, सास्कृतिक, ऐतिहासिक र भौगोलिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रलाई बिनासकारी भुकम्पले तहसनहस पारेपछि यहाँका भूकम्पपीडितले समेत खासै राहतको अनुभूति गरेका छैनन् । नेपालकै दोस्रो राजधानी भएपनि विकासमा काठमाण्डौको छत्रछायाँमा रहेका बेला नुवाकोट बिदुर नगरपालिका–२ मा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका लागि बिरेन्द्र कुमार शाहीले उम्मेदवारी दर्ता गरेका छन् । निजामती सेवाबाट अवकाश प्राप्त गरेका शाहिले नयाँ उद्वेश्यका साथ उम्मेदवारी दर्ता गरेका हुन् । उनले ऐतिहासिक स्थल भएतापनि विकासका दृष्टिकोणले ओझेलमा परेको सो क्षेत्रका प्रत्येक घरमा होम स्टेको सुविधा, वेरोजगारलाई स्वरोजगार बनाउने, खानेपानी, शिक्षा, स्वास्थ्य एवं न्यायमा सर्वसुलभ पहुँच पु¥याउने उदेश्यका साथ उम्मेदवारी दर्ता गरेका हुन् । लामो समयदेखी समाजसेवामा समर्पित शाहीले ऐतिहासिक, सामरिक तथा पर्यटकीय रुपमा प्रख्यात नेपालको धरोहर नुवाकोट जिल्लाको साततले दरवारको काखको विकासमा मृत्युपर्यन्त लागिपर्ने बताए । नुवाकोट नामलाई जीवित तुल्याउन आफ्नो उम्मेदवारी परेको बताउँदै शाहीले भने नुवाकोटको विकासमा सबैले योगदान दिने नारा ल्याएपनि आफ्नो उम्मेदवारी भने बोलीमा नभई व्यवहारमा उर्तानका लागि दर्ता भएको बताए । ‘सबैले जिते पटक पटक मलाई भोट दिनुहोस् एकपटक’ भन्ने मुल नाराका साथ चुनावी मैदानमा उत्रिएका शाहीले पाँचबर्षभित्र नुवाकोटलाई हरेक दृष्टिकोणले अग्रस्थानमा पु¥याउने प्रतिबद्धता सहित मतदाताको घर घरमा पुग्ने बताए । उनले नुवाकोट दरवार क्षेत्र र वरपरको मानव बस्तीलाई मौलिक नेपाली शैलीमा निर्माण गर्ने योजना रहेको बताउँदै । नुवाकोटको इतिहास र सांस्कृतिक छवि जोगाउन गुरु योजना बनाउनु पर्ने बताए । उनले बट्टार शेरामा नेवार समुदायको बस्ती रहेकोले विशेष मत्वका साथमा सांस्कृतिक पर्वहरुको उत्थानमा विशेष जोड दिने र विकासका गति तीब्र बनाइने बताएका छन् । नुवाकोटवासीका हक हितको बिशेष जोड दिदैं सबैलाई समेटेर बिकासका गतिविधि अगाडि बढाउने बताए ।