१ सेकेन्डमा ५ करोड तस्वीर खिच्ने क्यामरा आउँदै

1239
views

एजेन्सी, २० बैसाख । – अब गतिवान गोलीलाई समेत खिच्नसक्ने विश्वकै तिव्र गतिको क्यामरा आउँदैछ । उक्त क्यामरा विद्यमान क्यामराहरुभन्दा करोडौँ अरबौँ गुणा फास्ट हुने बताइएको छ । यो क्यामराले प्रकाशको प्रसार समेत खिच्न सक्नेछ । स्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ । यो क्यामराले सुरुमा केही इमेजलाई सिंगल फ्रेममा क्याप्चर गर्दछ । शटर खुल्ला रहन्छ र उसले वस्तुमाथि लेजर प्रकाश फ्याँक्दछ । हरेक लेजर फ्लास भिजुअल्ली कोडिङ हुन्छ जसले अर्को तस्वीरमा असर गर्दैन । यसअघि विश्वको सबैभन्दा तेज क्यामराको उपाधि जापानको टोक्यो युनिभर्सिटीका वैज्ञानिकले तयार पारेको क्यामराको नाउँमा रहेको छ । उक्त जापानी क्यामराले एक सेकेण्डमा ४ करोड वटा फोटो खिच्न सक्दछ । वैज्ञानिक तथा औद्योगिक अनुसन्धानमा यो तिव्र गतिको क्यामराले विशेष भूमिका निभाउन सक्ने बताइएको छ । साथै रसायन विज्ञानमा विभिन्न तत्वको अध्ययनमा पनि यसको प्रयोग गर्न सकिनेछ ।