उम्मेदवार जोशीको घरमा बम नभएको प्रहरीबाट पुष्टि

705
views

नवदृष्टि संवाददाता
पर्वत, २० बैशाख । नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको घरमा अज्ञात समुहले सकेट बम राखिएको नेट फोन मार्फत जानकारी गराइएपनि जोशीको घरमा बम नभएको प्रहरीले पुष्टि गरेको छ ।
बिहीवार प्रहरीले नवदृष्टिसँग कुराकानी गर्दै स्थानीय निकायको निर्वाचन विथोल्न चलाइएकाहल्लाले आचारसंहिता विपरीत कार्य भएको र त्यस्ता हल्ला चलाउनेहरु प्रहरीको निगरानीमा रहने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले बताउनुभयो ।
स्थानीय निकायको चुनावमा उम्मेदवार देखी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी चनाखो रहेकोले अनावश्यक हल्ला र अवैधानिक गतिविलाई रोक्न प्रहरी तैनाथ रहेको खनालले बताउनुभयो । चुनावका समयमा जो कसैले पनि गलत कार्य गरेको पाइएमा उसलाई नियन्त्रणमा लिई कार्वाहीको दायारामा ल्याउने समेत प्रहरीले जनाएको छ ।