पर्वतमा निर्माता ईश्वरी प्रसाद कँडेलको ‘रमिता’, अमेरिकाबाट हानिदै आए सुपरहिट नायक दिलीप रायमाझी

2223
views

गोपाल जिसी/निर्मल पौडेल
पर्वत, २२, बैशाख । नेपालका सुपरहिट नायक दिलिप रायमाझी सहित निर्माता ईश्वरी प्रसाद कँडेल, निर्देशक रञ्जित कुमार क्षेत्री ‘कुमार’ र सर्जक÷संगितकार प्रल्हाद सुवेदी विहिबार पर्वतमा सञ्चारकर्मीका  माझ प्रस्तुत भएका छन् । ‘रमिता’ चलचित्रको छायाँकनका लागि अमेरिकाबाट हानिदै आएका व्यस्त नायक रायमाझी, उक्त फिल्मका निर्माता कँडेल र निर्देशक कुमार सहितको युनिट छायाँकनको विषयमा सञ्चारकर्मीका माझ प्रस्तुत भएका हुन् । निर्माता ईश्वरीप्रसाद कँडेल पत्रकारमाझ प्रस्तुत हुँदै पर्वतको आञ्चलिकतालाई समेटेर गाउँले कथामा निर्माण गर्न लागिएको फिल्म ‘रमिता’ फुल्ली ईन्टरटेन्टमेण्ट भएको दाबी गरे । उक्त फिल्म दर्शकहरुका लागि कमेडी भएपनि समाजको यर्थाथतालाई ठूलो पर्दामा ऐना झैं छर्लङ पार्न खोजिएको उनको भनाई थियो ।
चलचित्र ‘रमिता’को छायाँकन ३५ दिनमा सकिने भन्दै उक्त चलचित्र निर्माणका लागि झण्डै एक करोड लगानी लाग्ने निर्माण पक्षले बताएको छ । रमिता फिल्मका सबै सिनहरु मुख्यत पर्वतका रहने भएपनि बाग्लुङ र काठमाण्डौका समेत केही सिनहरु समेटिने भएका छन् । कार्यक्रममा निर्देशक रञ्जीत कुमार क्षेत्री ‘कुमार’ले आफु जन्मेको क्षेत्रमा फिल्म बनाउन पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सर्जक एवं संगितकार प्रल्हाद सुवेदीले समेत खुसी व्यक्त गरे । ‘रमिता’ मा मुख्य पात्रको रुपमा दिलिप रायमाझी, रजनी केसी, सन्दिप बुर्लाकोटी, प्रल्हाद सुवेदी, विपासा विसी लगायतका कलाकारहरुको अभिनय रहने जनाइएको छ । चलचिमा राष्ट्रिय लोक गायक एकनारायण भण्डारी र बिमलराज क्षेत्रीले समेत संगित दिएका छन् ।
चलचित्र ‘रमिता’ विजया दशमी तथा शुभ दिपावलीको अवसरमा रिलिज हुने चलचित्रमा पर्वतका दृश्यहरुसँग रम्न पाउँदा निर्माण पक्षले गर्व गरेको छ । पत्रकार कार्यक्रमको संयोजन सुचना केन्द्र   डट   कम   र सञ्चालन लोक गायक तथा सञ्चारकर्मी कृष्ण अखेलीले गरेका थिए । मञ्जुश्री फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायाँकन शिवराम श्रेष्ठले गरेका छन् । पत्रकारमाझ प्रस्तुत अर्का गायक सुर्य खड्काले लोकगित सुनाएका थिए ।